• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      २ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      २ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      २ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      २ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      २ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      २ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      २ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      २ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      २ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      २ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अजरबैजान कोप२९ : जीवाश्म इन्धन पक्षधरकै बहुमत

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • ११६५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • एजेन्सी  । अजरबैजानमा मङ्गलबार भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनको आयोजकले कोप२९ सम्मेलनमा दर्जनौँ विश्व नेताहरू आइपुगेपछि जीवाश्म इन्धन र देशहरूको प्राकृतिक स्रोतहरूको दोहन गर्ने अधिकारको पक्ष लिएको छ ।

    सम्मेलनमा ७५ भन्दा बढी नेताहरू आउने अपेक्षा गरिएको छ, तर धेरै शीर्ष प्रदूषणकारी राष्ट्रका प्रमुखहरूले यो जलवायु सङ्कट वार्तालाई छोड्दैछन् । सम्मेलनमा डोनाल्ड ट्रम्पको चुनावी विजयको प्रभावलाई हेरिएको छ ।

    विश्वकै लगभग ८० प्रतिशत विश्वव्यापी तापक्रम उत्सर्जन गर्ने जी–२० राष्ट्रका मुठ्ठीभर नेताहरू बाकुमा दुई दिनभन्दा बढी नहुने अपेक्षा गरिएको छ ।

    आयोजक अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अजरबैजानलाई जीवाश्म इन्धनको प्रयोगका लागि ‘निन्दा र ब्ल्याकमेल’ गरिएको भन्दै कुनै पनि देशलाई आफ्ना प्राकृतिक स्रोतहरूका लागि दोष दिइन नहुने बताए । ती टिप्पणीहरूको वातावरणीय समूहहरूले आलोचना गरेका थिए ।

    “मलाई उद्धृत गर्नुहोस्, मैले भनेको छु कि यो ईश्वरको उपहार हो, र म आज यहाँ दर्शकहरूको उपस्थितिमा यसलाई दोहोर्‍याउन चाहन्छु”, उनले प्रतिनिधिहरूलाई भने, “तेल, ग्यास, पवन, सूर्य, सुन, चाँदी, तामा सबै प्राकृतिक स्रोतहरू हुन् र देशहरूलाई यी स्रोतहरू राख्नका लागि दोष दिइनु हुँदैन र बजारमा ल्याउनका लागि दोष दिइनु हुँदैन, किनकि बजारलाई तिनीहरूको आवश्यकता पर्दछ ।”

    “देशहरू आफ्ना प्राकृतिक स्रोतहरूका लागि दोषी हुन सक्दैनन् तर उनीहरूले जमिनबाट निकाल्दै र जलवायु प्रभावहरू ड्राइभ गरेर मानवतालाई निम्त्याउने खतराका लागि तिनीहरू जिम्मेवार छन्”, जीवाश्म इन्धन अप्रसार सन्धि पहलका कार्यकारी निर्देशक एलेक्स राफालोभिजले भने ।

    भविष्यको अमेरिकी जलवायु कार्यको अनिश्चितताले कार्यवाहीलाई छायामा पारेको सम्मेलनमा जो बाइडेन, सी जिनपिङ, नरेन्द्र मोदी, इमानुएल म्याक्रोन र ओलाफ स्कोल्ज जस्ता जी–२० नेताहरू अनुपस्थित छन्‌ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सन् २०३५ सम्ममा बेलायतले आफ्नो उत्सर्जन सन् १९९० को स्तरबाट ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको घोषणा गर्नुभयो । अद्यावधिक गरिएका जलवायु लक्ष्यहरूको उद्देश्य ‘जलवायु चुनौतीमा बेलायतको नेतृत्व“ देखाउनु रहेको उनले बताए ।

    ‘हामी यसलाई स्वीकार गर्न सक्दैनौँ ’

    यसैबीच वासिङ्टनको प्रतिनिधिमण्डलले ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पछि हट्ने वाचा गरेका ट्रम्पको नेतृत्वमा विश्वव्यापी तापक्रममा अमेरिकी प्रयासहरू अन्त्य नहुने भनी साझेदारहरूलाई आश्वासन दिन खोजेको छ ।

    अमेरिकी जलवायु सल्लाहकार अली जैदीले देश अहिले ‘उत्सर्जनका सन्दर्भमा सुस्थिर र निरन्तर गति’ मा रहेको र वासिङ्टन ‘कोप२९ मा राम्रो परिणाम प्राप्त गर्नमा धेरै केन्द्रित’ रहेको बताए ।

    बैठकको शीर्ष प्राथमिकता विकासोन्मुख देशहरूमा जलवायु कार्यका लागि कोष बढाउन कडा सङ्घर्षको सम्झौता गर्नु हो ।

    यी राष्ट्रहरू तल्लो टापुदेखि लिएर युद्धमा विभाजित राज्यहरूसम्म जलवायु परिवर्तनका लागि कमसेकम जिम्मेवार छन् तर बढ्दो समुद्र, चरम मौसम र आर्थिक आघातबाट सबैभन्दा बढी जोखिममा छन् ।

    कतिपयले आफ्ना राष्ट्रहरूको स्वच्छ ऊर्जामा सर्ने र जलवायु आघातमा अनुकूल हुने भविष्यको लागतलाई कभर गर्न कोप२९ मा वार्षिक एक सय अर्ब डलरको विद्यमान प्रतिज्ञालाई दस गुणा बढाउन दबाब दिइरहेका छन् ।

    १०० भन्दा बढी प्रायः विकासशील देश र चीन समूहको अध्यक्ष युगान्डाका एडोनिया आयेबारेले उनहरूले बाकुमा पेश गरिएको मस्यौदा सम्झौतालाई पहिले नै अस्वीकार गरिसकेको बताए । “हामी यसलाई स्वीकार गर्न सक्दैनौँ र हामीले उनीहरूलाई नयाँ पाठ उत्पादन गर्न भनेका छौँ”, उनले एएफपीलाई भने ।

    कति तिर्नुपर्छ र कसले तिर्नुपर्छ भन्ने कुरामा असहमतिका साथ राष्ट्रहरूले यस विषयमा वर्षौँदेखि मोलतोल गर्दै आएका छन् । विकासोन्मुख देशहरूले पर्याप्त वित्त बिना उनीहरूले आफ्नो जलवायु लक्ष्यहरूमा महत्त्वाकांक्षी अद्यावधिकहरू प्रस्ताव गर्न सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । यो देशहरूले अर्को वर्षको सुरुमा पेस गर्न आवश्यक छ ।

    “हामीलाई प्रदान गर्न वित्त सम्मेलन चाहिन्छ”, माल्दिभ्सलगायत जलवायु–जोखिममा रहेका देशहरूका नेताहरूले चेतावनी दिए ।

    “हामीले युद्ध गर्न स्वतन्त्र रूपमा कोष बगिरहेको देख्छौँ तर जब यो जलवायु अनुकूलनका लागि हुन्छ तब जाँच गरिन्छ”, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले भने ।

    ‘सम्झौता आवश्यक छ’

    हाल पैसा योगदान गर्ने विकसित देशहरूको सानो समूहले चीन र खाडी राज्यहरू लगायत अन्य धनी राष्ट्रहरू र शीर्ष उत्सर्जकहरूलाई समावेश गर्न दाता पूल विस्तार गर्न चाहन्छ । यसलाई बेइजिङले दृढतापूर्वक अस्वीकार गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार विकासोन्मुख राष्ट्रहरूले ‘बाकुलाई खाली हात छाड्न नहुने’ बताए । “सम्झौता आवश्यक छ”, उनले भने ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुख साइमन स्टिलले समृद्ध र सुरक्षित ग्रह निर्माणका लागि जलवायु वित्त चरितार्थसँग जोडिएको छ भन्ने कुरा समृद्ध देशहरूलाई मनाउन प्रयास गरेका छन्‌ ।

    “जलवायु सङ्कट द्रुत गतिमा अर्थतन्त्र नाश गर्ने स्थितिमा पुगेको छ’, उनले चेतावनी दिनुभयो, “जलवायु कार्य विश्वव्यापी मुद्रास्फीति बिमा हो ।”

    हालैका ‘राजनीतिक घटनाहरू’ ले विश्वव्यापी जलवायु कूटनीतिलाई अस्थिर नपार्ने कुरा पनि उनले वार्तालाई आश्वस्त पार्न खोज्नुभयो । “हाम्रो प्रक्रिया बलियो छ । यो व्यवस्थित छ र यो कायम रहनेछ”, उनले भने ।

    जलवायु प्रकोपले घेरिएका धेरै अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी देशका नेताहरूसहित रुस र इरानबीचको मुलुक अजरबैजानमा करिब ५० हजार मानिसले शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑