• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ७ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ८ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ८ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    बबिनाले कस्लाई देख्छिन् सपनीमा … (भिडियो सहित)

  • लाईभ नेपाल
  • २०८१ मंसिर २, आईतबार (१ साल अघि)
  • १०५४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट

  • काठमाडौ ।  उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ । साच्ची कति प्यारी उनी, कति मायालु उनी, पलभर छोड्दैन उनको यादले, सम्झनाले । जति बेला पनि उनी, जे गर्दा पनि उनी, जसो गर्दा पनि उनी नै उनी । जीवन भरि उनी, खुसी भरि उनी, खुसीमा नि उनी, दुःख, सुखका सबै भावमा उनी नै उनी । जीवनका रङहरुमा पानीमा चिनी झैं घुलमिल छिन् उनी । यस्तो लाग्छ उनी विना नि जीवन चल्छ र ? उनी विना नि स्वासप्रस्वास चल्छ र ? उनी भए जीवन यसै रमाइलो उसै रमाइलो, उनी भए जीवन यसै घमाइलो …उनी भए जता पनि जे गरे नि रमाइलो नै रमाइलो ।

    जीवन भन्नु नै उनको याद, उनको सम्झना, उनकै कल्पना अनि उनकै माया त रै छ नि, पलपल उनको यादमा विताउन, उनकै कल्पनामा हराउनु, अनि आफ्नै मन संग उनी सम्झेर कुरा गरेर विताउनु, उनको याद संगै सुरु भएको विहानी उनको याद संगै सकाउनु, निन्द्रा देविको काखमा नपुग्दा सम्म उनकै यादको काखमा लुटपुटिनु अनि सपनीमा पनि उनलाई नै देख्नु, हर पङ्तिहरुमा उनीलाई नै लेख्नु, उनकै गुण्गान गाउनु, उनकै भावहरु उतार्नु, मनको हरेक प्रहरमा, झझल्कोमा नयनहरुमा उनीलाई नै भेट्नु अनि उनी नै त थिइन् जिन्दगीको निष्पष्ट अध्याँरोमा जुनकिरी बनेर आउने, अध्याँरो जीवनमामा ज्योति छर्ने, मनका हर दुःख, पिडा, विरह र वेदना हर्ने, खुसी र उमंगको विउ छर्ने ..यस्ती प्रिय उनी नै जिन्दगीको चौतारीमा मन विसाउने सहारा हुन् भन्ने मनले ठम्याउँछ अनि त मन विसाउने सहारा उनीलाई रोज्न मन मन लाग्छ ।

    कवि एवं साहित्यकार रामबाबु दाहालको शब्द रचना रहेको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ ।बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो मा बबिना आफै फिचर्ड छिन् । गीतको एरेन्ज संजिव बराइलीले गरेका छन्, गीतमा सारङ्गीको धुन पनि उनैले भरेका छन् भने तवला भुवन गन्धर्वले बजाएका छन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्ड, मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो ।

    वरिष्ठ गीतकार कालीप्रसाद रिजालको निवासमा एक संक्षिप्त समारोह विच सम्पन्न ‘सपनीमा’ प्रेमिल गीत सार्वजनिकरण समारोहमा प्रतिनीधिसभा सदस्य डा. रेखा यादव निर्झरले गीतकार रामबाबु दाहाललाई सम्मान गरेकी थिइन् । समारोहमा गायिका तथा संगीतकार बबिना भट्टराई, शोभा खनाल, बलराम महतो, संचारकर्मीहरु दीपा दाहाल, प्राची राय खनाल र आयुष दाहालको विशेष उपस्थिति रहेको थियो । समारोहमा बोल्दै कालीप्रसाद रिजालले भने ‘शब्द रचनामा जुन शक्ति सामथ्र्य हुन्छ स्वरले त्यसलाई मीठास र लालित्यले परिपूर्ण बनाउँछ । प्रस्तुत गीतमा त्यो भाव रहेको सहज अनुभुत हुन्छ । प्रेमिल भावको जीवन जगतको संवेगलाई ‘तिमी’ शब्दमा प्रतिकात्मक संज्ञामा रचित गीत सवै उमेर समुहकालाई कर्णप्रिय रहेको छ ।’

    त्यसै गरि कवि, गीतकार तथा गजलकार ऋषि बस्ताकोटीले ‘सपनीमा’ बोलको प्रेमिल गीतका लागि गायिका तथा संगीतकार बबिना भट्टराई र गीतकार रामबाबु दाहाललाई हार्दिक बधाई तथा गीतको सफलताको लागि शुभकामना दिएका छन् । आँफूले गीतकार र श्रोताको हिसावले भन्नु पर्दा बबिना भट्टराई साधनामा तल्लिन, शब्द चयनमा ध्यान दिने, गायनमा शब्द र भावमा डुवेर गाउन सक्न खुवी भएकी गायिका र संगीतकार भएकी र ‘सपनीमा’ बोलको गीत श्रुति मीठासपूर्ण, प्रेमिल र चम्किन लायक गीत बनेको इमेज एफ.एम. ९७.९ मार्फत गीतको श्रव्य सार्वजनिकरणका क्रममा बताए ।

    ‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

    गीत

    सपनीमा पनि तिमीलाई देखुँ कि
    पङ्तिहरुमा पनि तिमीलाई लेखु कि
    मनका हरेक प्रहरमा, झझल्कोमा
    यी नयनमा तिमीलाई भेटुँ कि …

    तिमी जून, तारा, जुनकिरी बन्यौ
    अध्याँरो जीवनमामा ज्योति छर्यौ
    मिर्मिरेमा लाली छर्ने
    उज्यालो किरणमा तिमीलाई खोजु कि…

    पलपल, हरपल यो जीवनमा तिमी
    हाँसो, खुसी, सुख दुःखमा तिमी
    जिन्दगीको चौतारीमा
    मन विसाउने साहारा तिमीलाई रोजु कि…

    सपनीमा पनि तिमीलाई देखुँ कि
    पङ्तिहरुमा पनि तिमीलाई लेखु कि
    मनका हरेक प्रहरमा झझल्कोमा
    यी नयनमा तिमीलाई भेटुँ कि …

    भिडियो हेर्नुहोस् !
    https://www.youtube.com/watch?v=PeQsCGYxuvc&t=2s

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑