• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      २ दिन अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      २ दिन अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      २ दिन अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      २ दिन अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      २ दिन अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ४ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ४ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ४ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ४ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  English

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ ३०, शनिबार (२ महिना अघि)
  • ३८४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको छ, जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको हो ।

    स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताउनुभयो । उहाँले एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गर्नुभयो । उहाँले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको बताउनुभयो ।

    उपलब्ध स्थान तथा सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने उहाँले जानकारी दिनुभयो । नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताउनुभयो । उहाँले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताउनुभयो । उहाँले नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहेको एक्स्पोको तयारी सहभागी सवारी साधन ब्रान्डहरू, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा व्यवस्थित तथा उच्च मापदण्डअनुरूप अघि बढिरहेको जानकारी दिनुभयो ।

    सहभागी चार पांग्रे सवारी ब्रान्डहरू:

    ARCFOX, BAIC, BYD, Citroen, Denza, Forthing, Great Wall Motors, Henrey Volts, Honri Boma, Hyundai, iCAUR, Kaiyi, KIA, Leapmotor, Mahindra, Maxus, MG – GO Automobiles, MG – Paramount Motors, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, TATA, Toyota, Wuling, Zeekr

    सहभागी दुई पांग्रे सवारी ब्रान्डहरू:

    Ather, Bajaj, CFMOTO / ZEEHO, Garrow, Honda, Keren, KTM, Morbidelli, NIU, Peugeot & BGAUSS, Royal Enfield, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, ZX MOTO / CX Motorcycles

    सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू:

    Chery Wanda, Karry, Keyton, Skyworth. नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन् ।

    एक्स्पोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्। यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्नेछ । नाइमा नेपालका मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ ।

    प्रदर्शनीको समग्र व्यवस्थापन Media Space Solutions ले गर्नेछ भने Digipal Solutions डिजिटल मिडिया साझेदार र Profit Media नाइमा मोबिलिटी पब्लिकेसन्स साझेदारका रूपमा आबद्ध रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    English सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑