काठमाडौं । लगातार चार कारोबार दिन घटेको सेयर बजार बिहीबार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१७ अंकले बढेर नेप्से परिसूचक २६२९.४० बिन्दुमा अडिएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज बढेर ४ अबई ४० करोड पुगेको छ ।
यस दिन १३२ वटा कम्पनीको मूल्य बढ्दा १३२ वटाकै मूल्य घटेको छ भने १३ वटा कम्पनीको स्थिर छ ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कुमारी धनवृद्धि योजना इकाइधनीले ९.७७ प्रतिशत घाटा व्यहोरेका छन् ।
एडीबी डिबेन्चरको ५ लाख इकाइ ५० करोड ६५ लाख रुपैयाँमा खरिदबिक्री भएको छ ।




