इरानका विदेशमन्त्री अब्बास अराघचीले कुवेतमा दुई इटालियन नागरिकको ज्यान जाने गरी भएको ड्रोन आक्रमणमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्।
कुवेती समकक्षीसँगको टेलिफोन वार्ताका क्रममा अराघचीले तेहरानमाथि लगाइएको आरोप अस्वीकार गर्दै घटनाको अनुसन्धानमा सहभागी हुन इरान तयार रहेको बताएका छन्। इरानको विदेश मन्त्रालयले उक्त जानकारी दिएको हो।
उक्त ड्रोन आक्रमणमा दुई इटालियन नागरिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए।
इरानले छिमेकी मुलुकमाथि गरेका प्रतिकारात्मक आक्रमणको जिम्मेवारी यसअघि स्वीकार गर्दै आएको भए पनि कुवेतको घटनामा भने आफ्नो संलग्नता नरहेको भन्दै पटक–पटक खण्डन गरेको छ।
यस घटनापछि खाडी सहयोग परिषद् (जीसीसी) र अरब लिगका सदस्य राष्ट्रहरूले पनि आक्रमणको निन्दा गरेका छन्।
अराघचीले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरे पनि आक्रमण कसले गराएको हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

