• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      ३ घण्टा अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      ३ घण्टा अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      ३ घण्टा अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      ३ घण्टा अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      ३ घण्टा अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ३ घण्टा अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ३ घण्टा अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      १९ घण्टा अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २१ घण्टा अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २१ घण्टा अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      २१ घण्टा अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      २२ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      २२ घण्टा अघि

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      १ दिन अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १ दिन अघि
    आज: २०८३ मंसिर १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

  • लाईभ नेपाल
  • २०८३ मंसिर १०, बिहिबार (३ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । विपद्का समयमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने भएकाले उनीहरूको संरक्षण, उद्धार, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकार, नागरिक समाज र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल (एनसीपीए) को आयोजनामा तथा सिविस (CWISH) लगायत ३० भन्दा बढी राष्ट्रियस्तरका नागरिक समाजका संस्थाहरूको सहकार्यमा बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारविरुद्धको विश्व दिवस र अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा ‘विपद्पश्चात् बालबालिकाको संरक्षणका सवाल र सम्बोधन’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा उद्धारका लागि सरकारले गरेका काम र प्रयासबारे प्रस्तुति दिएका थिए । उनले विपद्पछिको अवस्थामा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सहयोगका लागि सरकारी पक्षबाट भएका पहल तथा कार्यहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा विपद्पछि बालबालिकाले भोग्नुपर्ने जोखिम, उनीहरूको सुरक्षा, शिक्षा निरन्तरता, मनोसामाजिक अवस्था, पारिवारिक पुनर्मिलन तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा प्यानल छलफल गरिएको थियो ।

    प्यानल छलफलको सहजीकरण सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले गरेका थिए । छलफलका क्रममा बाल अधिकार विज्ञ मिलन धरेलले बालबालिकाका समस्या र आवश्यकतालाई एउटै दृष्टिकोणबाट मात्र हेर्न नहुने बताए । जात, लिङ्ग, आर्थिक अवस्था तथा सामाजिक पहिचानका आधारमा विभेद भोगिरहेका बालबालिका विपद्का समयमा थप जोखिममा पर्ने भएकाले उनीहरूको अवस्थालाई बहुआयामिक दृष्टिकोणबाट बुझ्नुपर्ने उनको भनाइ थियो ।

    राष्ट्रिय दलित बालिका अधिकार मञ्चकी प्रतिनिधि रोशनी रम्तेलले पहिलेदेखि नै विभेद र वञ्चितीकरणमा परेका बालबालिका विपद्का बेला अझ बढी प्रभावित हुने बताइन् । विपद्का कारण परिवार विस्थापित हुने, बालबालिका अभिभावकबाट छुट्टिने तथा शोषण र दुर्व्यवहारको जोखिम बढ्ने भएकाले उनीहरूको अवस्था पहिचान गरी समयमै संरक्षणको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् । डर र असुरक्षाका कारण बालबालिकाले आफूले भोगेको पीडा खुलेर व्यक्त गर्न नसक्ने अवस्थालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    त्यसैगरी कृष्ण शाहले विपद्बाट प्रभावित बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न एकीकृत, विश्वसनीय र तथ्यमा आधारित तथ्याङ्क आवश्यक रहेको बताए । विभिन्न निकायबाट सार्वजनिक हुने तथ्याङ्कमा एकरूपता नहुँदा प्रभावित बालबालिकाको संख्या, आवश्यकता र अवस्थाबारे स्पष्ट योजना बनाउन कठिन हुने उनले उल्लेख गरे । बालबालिकासँग सम्बन्धित सूचना तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।

    संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले विपद्पछि बालबालिकाको शिक्षा निरन्तरता र विद्यालय व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । स्थानीय तहलाई शिक्षाको जिम्मेवारी रहेकाले प्रभावित बालबालिकाको अवस्था पहिचान, आवश्यक तथ्याङ्क संकलन र सम्बन्धित निकायबीच समन्वय गरी समयमै प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो । उनले नागरिक समाज, सरकारी कर्मचारी, संघीय तहका प्रतिनिधि तथा सांसदहरूबीच नीतिगत छलफल र सहकार्यका लागि ‘सिभिक स्पेस प्रमोसन एलायन्स’ जस्ता साझा मञ्चको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

    यस्ता मञ्चमार्फत कानुन निर्माणका विषयमा छलफल गर्ने, सांसदहरूलाई आवश्यक जानकारी उपलब्ध गराउने, सरोकारवालाका सुझाव संकलन गर्ने र नीतिगत सिफारिस प्रस्तुत गर्ने काम भइरहेको उनले बताए । संसद्को वेबसाइटमार्फत विधेयकमा सर्वसाधारणले समेत २५० शब्दसम्मका सुझाव पठाउन सक्ने व्यवस्था रहेकाले नागरिक समाजले यस अवसरको उपयोग गर्नुपर्ने उनको आग्रह थियो ।

    भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्था र आवश्यकताबारे तथ्याङ्क तथा प्रतिवेदन संकलनको काम भइरहेको पनि उनले जानकारी दिए । छलफलमा विपद्पछि बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्रै पुनःस्थापनाको पूर्ण आधार नहुने विषय पनि उठाइएको थियो । अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका वा विस्थापनमा परेका बालबालिकाको मनोसामाजिक अवस्था, पारिवारिक वातावरण, साथीभाइसँगको सम्बन्ध र सामाजिक परिवेशलाई समेत ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

    बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार अपरिचित व्यक्तिबाट मात्रै नभई परिवारका सदस्य, अभिभावक र शिक्षकबाट समेत हुन सक्ने भएकाले घर, विद्यालय र समुदायलाई सुरक्षित बनाउन आवश्यक रहेको छलफलमा औँल्याइएको थियो । बालबालिकालाई आफ्ना अधिकारबारे जानकारी दिने, दुर्व्यवहारको अवस्था पहिचान गर्न सक्ने बनाउने र सुरक्षित रूपमा उजुरी तथा सहयोग माग्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूको जोड थियो । विपद्का समयमा उद्धार र तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनालाई एउटै योजनामा समेट्नुपर्ने निष्कर्ष छलफलबाट निकालिएको छ ।

    विशेषगरी स्थानीय तहले प्रभावित बालबालिकाको पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा र सहयोग उपलब्ध गराउनुपर्ने तथा सरकारी निकाय र नागरिक समाजबीच निरन्तर समन्वय कायम गर्नुपर्नेमा जोड दिइएको थियो । विपद्पछि बालबालिकाको संरक्षण केवल उद्धार र राहतमा सीमित नभई उनीहरूको शिक्षा, सुरक्षा, मनोसामाजिक स्वास्थ्य र सम्मानजनक भविष्य सुनिश्चित गर्ने दीर्घकालीन प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने सन्देश कार्यक्रमले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

    समाचार

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑