• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      ३ घण्टा अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      ३ घण्टा अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      ३ घण्टा अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      ३ घण्टा अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      ३ घण्टा अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ३ घण्टा अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ३ घण्टा अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      १९ घण्टा अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २१ घण्टा अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २१ घण्टा अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      २१ घण्टा अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      २२ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      २२ घण्टा अघि

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      १ दिन अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १ दिन अघि
    आज: २०८३ मंसिर १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

  • लाईभ नेपाल
  • २०८३ मंसिर १०, बिहिबार (३ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • रूपन्देही– नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

    सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ । यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ । त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ ।

    सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उनको अपेक्षा छ ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउनसक्ने बताए ।

    भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उनको भनाइ छ । उनले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताए । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।

    भैरहवा विमानस्थलबाट उडान विस्तार हुनसके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्याउन सहज हुनेछ । यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो । तर, नियमित अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा देखिएको चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन ।

    यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई कार्यान्वयनमा लैजानसके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

    अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

    समाचार

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑