हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्रीले एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सरकारमा एमालेबाट भरत बहादुर केसी र ज्ञान बहादुर तामाङ मन्त्री बनेका छन् भने नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिरबहादुुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त गरेका हुन् ।
भारत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ज्ञान बहादुर तामाङ भने विना विभागीय रहेका छन्।

