• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

      ३ मिनेट अघि

      बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

      ६ मिनेट अघि

      इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

      २ घण्टा अघि

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      ७ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      ७ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      ७ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      ७ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      ७ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      ७ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      ८ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      ८ घण्टा अघि

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      १ दिन अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      १ दिन अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      १ दिन अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      १ दिन अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाज, संयोजक डा.यादवले उठाउनुभयो मधेशको मुद्दा

  • लाईभ नेपाल
  • २०८१ मंसिर २०, बिहिबार (१ साल अघि)
  • १४०१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राख्नुभएको छ ।

    स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा. यादवले संविधानसभाबाट नयाँ संविधान जारी भएर कार्यान्वयन भइसकेको अवस्थामा पनि नेपालका मधेशीलगायतका अल्पसंख्यक समुदायहरुले समुचित न्याय र अधिकार नपाएको धारणा राख्नुभयो ।
    विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजका संस्थापक समेत रहनुभएका डा. यादवले नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएपनि एक तिहाइ जनसंख्या रहेको मधेशी समुदायमाथि राज्यबाट अन्याय र भेदभाव जारी नै रहेको बताउनुभयो ।

    उहाँले मधेशीहरुलाई आवाजविहीन बनाएर राजनीति, व्यापार, सुरक्षा निकाय र मिडियासहितका क्षेत्रमा खसआर्य समुदायको नियन्त्रण कायम रहेको बताउनुभयो ।
    आधुनिक नेपाल राज्य स्थापना भएदेखि नै मधेशीहरुले कठोर नागरिकता कानुन, अन्यायपूर्ण राजनीतिक प्रतिनिधित्व र आफ्नो सम्पति जफत हुने भूमिसुधार व्यवस्थाको सामना गर्नुपरेको धारणा राख्दै डा. यादवले निजामति सेवाको परीक्षामा मात्र खसआर्यहरुको भाषाको प्रयोगले मधेशीहरु सरकारी सेवाबाट वञ्चित हुनुपरेको जिकीर गर्नुभयो ।
    शिक्षा र प्रशासनमा मधेशी भाषाहरुको बहिष्करणले मधेशका बालबालिकाहरुको विद्यालय छाड्ने दर उच्च रहेको र यसले मधेशीहरुको निरक्षरता दर बढाएको डा. यादवको तर्क थियो ।
    उहाँले अगाडि भन्नुभयो, ‘राज्यको विभेदपूर्ण नीतिका कारण निजामित सेवा, सेनालगायतका सुरक्षा निकाय र न्यायपालिकामा मधेशीहरुको प्रतिनिधित्व अत्यन्तै न्युन छ ।’
    नेपालको कृषि उत्पादनमा ७० प्रतिशत योगदान र विदेशबाट अत्यधिक रेमिट्यान्स भित्र्याउँदा पनि मधेशीहरुले राज्यको बजेट र राजश्वमा न्यायोचित हिस्सेदारी नपाएको उहाँले गुनासो गर्नुभयो ।
    नेपालको कुनै पनि संग्रहालय वा राष्ट्रिय संस्थाले मधेशको इतिहास, संस्कृति र योगदानलाई न्यायेचित स्थान र मान्यता नदिएको चर्चा गर्दै डा. यादवले मुलुकका सिनेमा र टीभी कार्यक्रमहरुमा मधेशीहरुलाई नकारात्मक रुपमा चित्रण गरिएको बताउनुभयो ।

    त्यस अवसरमा डा. यादवले राज्यका निकायहरुमा मधेशी समुदायका लागि समानुपातिक प्रतिनिधित्व, समान अवसर, सांस्कृतिक मान्यता र भेदभावपूर्ण कानुनको अन्त्यको माग गर्नुभयो ।
    त्यसैगरी उहाँले नेपालमा मधेशीहरुको न्यायोचित अधिकार, पहिचान, न्याय र मर्यादा स्थापनाका लागि सार्थक पहलका साथै दवाव सृजना गरिदिनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान पनि गर्नुभयो ।

    यसअघि गत बिहिबार स्वीट्जरल्याण्डको जेनेभामै अल्पसंख्यक मुद्दासम्बन्धी अर्को साइडलाइन कार्यक्रममा बोल्दै डा. यादवले नेपालमा शताब्दीयौंदेखि सिमान्तकृत र अन्याय परेको मधेशी समुदायका माग, समस्या र मुद्दाहरुबारे आफ्नो धारणा राख्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    समाचार

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑