• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ६ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ६ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २३ घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २३ घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २३ घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      २३ घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      २३ घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      २३ घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      २३ घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      २३ घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      २३ घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      २३ घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, यसको कार्यान्वयन गर्न प्रतिबद्धता चाहिन्छ’

  • लाईभ नेपाल
  • २०८१ फागुन १२, सोमबार (१ साल अघि)
  • १३४५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सरोकारवालाहरूले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्किङ एन्ट्सको आयोजना तथा द एसिया फाउन्डेसनको सहकार्यमा आयोजित टेकगभ नेपाल, २०२५ मा उनीहरूले राजनीतिक नेतृत्वले नीति तथा ऐन निर्माणदेखि कार्यान्वयनका लागि बजेट विनियोजनसम्म प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।

    सूचना प्रविधि उच्च स्तरीय आयोगका तत्कालीन उपाध्यक्ष समेत रहेका सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले इस्टोनिया, भारत, यूएई, सिंगापुर तथा दक्षिण कोरियाको उदाहरण दिँदै नेपालमा पनि डिजिटल गभर्नेन्समार्फत मुलुकको आर्थिक रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरे । मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिए ।

    ‘डिजिटल गभर्नेन्स मात्रै भनेर हुँदैन, यसले आर्थिक विकासमा सहयोग गर्नुपर्छ, यसमार्फत रोजगारी सृजना हुनुपर्छ, कृषि तथा पर्यटनलगायतका क्षेत्रको विकासमा नयाँपन दिन सक्नुपर्छ’, उनले भने ।

    साथै शिक्षा र स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सबैको पहुँच स्थापित गर्दै सामाजिक समावेशीकरणमा पनि यसले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    डिजिटल गभर्नेन्सले पारदर्शी शासन तथा कार्य क्षमता बढाउने उनले बताए । यद्यपि डिजिटल गभर्नेन्सको पूर्ण कार्यान्वयनका लागि वृहत् नीति निर्माणदेखि त्यसको कार्यान्वयनमा राजनीतिक तहबाटै बलियो प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

    ‘डिजिटल गभर्नेन्सको आवश्यक महसुस भएर मात्रै पनि हुँदैन, राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिन्छ र यो नीति निर्माणदेखि बजेटमा समेत देखिनुपर्छ, यसको कार्यान्वयनका लागि स्पष्ट खाका आवश्यक हुन्छ’, उनले भने ।

    ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएको बताए । उनले डिजिटल गभर्नेन्स सुशासनका साथै आर्थिक विकाससँग पनि सम्बन्धित भएकाले यसको कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता जरुरी भएको उल्लेख गरे ।

    उनले व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनका लागि डिजिटल गभर्नेन्स जरुरी भएको तर्क गरे ।

    ‘जब डाटा दौडन थाल्छ, सेवाग्राहीहरु कम दौडिए पनि काम बन्छ, एउटै सेवा लिनका लागि पटक पटक डाटा बुझाउनुपर्ने बाध्यता हट्नुका साथै कम समयमा प्रभावकारी सेवा प्रवाह गर्न पनि सकिन्छ’, उनले भने ।

    विस्टले इस्टोनियाको उदाहरण दिँदै डिजिटल गभर्नेन्सकै कारण उक्त मुलुकले सन् २०२४ मा मात्रै २ हजार ५९९ वर्किङ आवर बचत गरेको बताए । डिजिटल गभर्नेन्समार्फत कम समयमा प्रभावकारी सेवा प्रदान हुने भएकाले यो सुशासनका लागि पनि निकै जरुरी भएको बताए ।

    उनले यसका लागि डाटा एक्सचेञ्ज प्लेटफर्म जरुरी रहेको बताए । हाल विद्युतीय सुशासनका लागि ब्लुप्रिन्ट तयार भइ छलफलका क्रममा रहेको उल्लेख गर्दै उनले आर्थिक रूपान्तरणका लागि पनि यो निकै जरुरी भएको बताए ।

    सूचना प्रविधिसँग सम्बन्धित कानुनका जानकार प्रवीण सुवेदीले वैदेशिक रोजगारीमा जानेलाई पनि ई गभर्नेन्सबारे जानकारी हुन आवश्यक रहेको उल्लेख गरे ।

    ‘वैदेशिक रोजगार विभागले विद्युतीय शासनमार्फत वैदेशिक रोजगारीमा जानेहरूका लक्षित गरी विभिन्न प्रकारका सेवा प्रवाह गरिरहेको छ, त्यसैले उनीहरूले पनि यसबारे राम्रोसँग जानकारी आवश्यक छ’, उनले भने ।

    वैदेशिक रोजगारीमा जानेहरूका लागि जब अर्डर, स्वास्थ्य जाँचदेखि बिमालगायतका सुविधाबारे जानकारी लिन अहिले अनलाइनबाटै सम्भव भएको र त्यो आधिकारिक पनि हुने उनको भनाइ थियो । उनले नेपालबाहेक भारत र फिलिपिन्सलगायतका देशले पनि वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी डिजिटल गभर्नेन्समार्फत विभिन्न सेवा उपलब्ध गराइरहेको चर्चा गरे ।

    ई–गभर्नेन्स बोर्डका इन्जिनियर केदार भण्डारीले डिजिटल गभर्नेन्सबारे चर्चा गर्दै बोर्डका उपलब्धिबारे जानकारी गराएका थिए । उनले हाल विद्युतीय सुशासनको मार्गचित्रका रुपमा ब्लुप्रिन्ट तयार भइसकेको र हाल यो छलफलका चरणमा बताए । उनले ब्लुप्रिन्टको उठाएका विषयबारे चर्चा गर्दै यसको आवश्यक र महत्वबारे प्रस्तुतीकरण दिएका थिए ।

    डिजिटल गभर्नेन्समा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण

    सोही अवसरमा आयोजित समूहगत छलफलका क्रममा वक्ताहरूले डिजिटल गभर्नेन्सको विकास र कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको बताए ।

    सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सरकारले सुरुआत गरेका डिजिटल गभर्नेन्सलगायतका सेवाबारे तल्लो तहसम्म जानकारी दिने माध्यम सञ्चारमाध्यम भएकाले उनीहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

    ‘सरकारले आफ्ना सबै सेवाहरू सञ्चारमाध्यममार्फत नै नागरिकमाझ पुर्‍याउने हो, सञ्चारमाध्यमले सरल र सहज भाषामा सेवाबारे जानकारी दिनु कर्तव्य पनि हो’, उनले भने ।

    उनले डिजिटल गभर्नेन्समा सरकार, व्यवसाय र नागरिक एकापसमा आबद्ध गराउनका लागि सञ्चारमाध्यमको भूमिका उल्लेख्य हुने धारणा राखे ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल गभर्नेन्सबारे जानकारी दिने काम सञ्चारमाध्यमको भएको उल्लेख गर्दै सञ्चारकर्मीहरुले पनि यसबारेमा जानकारी हुनुपर्नेमा जोड दिइन् ।

    ‘पत्रकार आफै पनि यसबारेमा जानकार हुनुपर्छ, कतिपय अवस्थामा सञ्चारकर्मीहरूलाई पनि अभिमुखीकरण जरुरी हुन्छ’, उनले भनिन् ।

    वरिष्ठ पत्रकार बबिता बस्नेतले डिटिजल गभर्नेन्स कायम गर्नका लागि डिजिटल साक्षरता बलियो हुनुपर्नेमा जोड दिइन् । उनले लोकतन्त्रको सुदृढीकरण र शासकीय व्यवस्थालाई प्रभावकारी बनाउन पनि डिजिटल गभर्नेन्स आवश्यक रहेकामा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑