काभ्रेपलाञ्चोक । कोइराला सेवा समाज काभ्रेपलाञ्चोकको अध्यक्षमा यादव कोइराला चयन भएका छन्। चौरीदेउराली निवासी यादव कोइराला परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न नेपाली राजदूतावासहरूमा लामो समय सेवा गरी निवृत्त भएका व्यक्तित्व हुन्। उनी लामो समयदेखि विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय रहँदै आएका छन्।
समाजको तेस्रो शाखा अधिवेशन धुलिखेल—२, रविमा सम्पन्न भएको थियो, जसले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमिति :
अध्यक्ष : यादव कोइराला
उपाध्यक्ष : बासुदेव कोइराला
सचिव : जनार्दन कोइराला
कोषाध्यक्ष : यादव कोइराला ९तिमाल०
सदस्यहरू : प्रभुनाथ कोइराला, निराजन कोइराला, यादव कोइराला (रवि), शिव कोइराला, महेश कोइराला
कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त कोइराला र सचिव पुष्पराज कोइरालाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस अवसरमा महर्षी महुद्गोल्य प्रतिष्ठानका अध्यक्ष श्रीप्रसाद कोइराला, कोइराला सेवा समाजका वरिष्ठ उपाध्यक्ष शिवबहादुर कोइराला, महासचिव भवराज कोइराला, उपत्यका समितिका अध्यक्ष हितानन्द कोइराला, पूर्व अध्यक्ष हेमराज कोइराला, कोइराला सेवा समाज काभ्रेपलाञ्चोकका सल्लाहकार देव कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।