काठमाडौं । आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (CAN) बीच तीन वर्षे सम्झौता भएसँगै आर्य फार्माल्याब नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक स्वास्थ्य साझेदार बनेको छ।
यस सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरूले निःशुल्क रक्तचाप जाँच, उचाइ तथा तौल मापन र मधुमेह परीक्षणको सुविधा प्राप्त गर्नेछन्।
