• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ५ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ५ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ५ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ५ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ५ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ५ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ५ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ५ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ५ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ५ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि

      सुनचाँदीको मूल्य घट्यो

      १ हफ्ता अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १ हफ्ता अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    WOW परियोजनाको एक वर्षः १.४४ लाख केजी PET बोतल पुनःप्रयोग, महिला सशक्तीकरणमा योगदान

  • लाईभ नेपाल
  • २०८१ चैत्र ५, मंगलबार (१ साल अघि)
  • २१९१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं । वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ । फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. PET बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रुपमा परिणत गरेको छ ।

    यस परियोजना अन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्रहरू, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायत विभिन्न स्रोतहरूबाट ल्याइएका PET बोतलहरू संकलन गर्ने र छान्ने काम गरिन्छ । एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ जसले PET बोतलहरुलाई बन्डल बनाउँछ र उक्त बोतलहरु नवपरासी स्थित PET रिसाइकलरमा पठाउने काम गरिन्छ । त्यहाँ बोतलहरुलाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनःप्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिन्छ ।

    “WOW परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,” खालिसिसिका सीईओ अमुन थापाले परियोजनाबारे बोल्दै भने । “महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै हामी फोहोरलाई अवसरमा बदल्दैछौं ।” बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि आफ्नो विचार राख्दै भन्नुभयो, “हामी ‘सफा बुढानीलकण्ठ पहल’ अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं । WOW परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं। यस परियोजनाले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”

    WOW परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको छ । ८०% महिलाहरू (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलाहरूलाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको छ । साथै ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ जसले उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर प्रदान गरिरहेको छ । कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि बोल्दै भन्नुभयो, “हामीले दिगो व्यापार अभ्यासमार्फत सकरात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं ।

    WOW परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो ।” यस परियोजना अन्तर्गत एमआरएफको साथमा २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयहरू स्थापना गरिएको छ जसले जिम्मेवार फोहोर व्यवस्थापन र पुनःप्रयोग गर्ने बानी बसाल्न मद्दत गर्नेछ ।

    नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै यस अभियानले दीगो भविष्यको निर्माणतर्फ महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरुको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑