चैत्र ९, काठमाडौँ । काठमाडौँ शोभाभगवती मार्ग स्थित हेल्दी फ्रेन्ड्स क्लबको तेश्रो बार्षिक उत्सबको उपलक्ष्यमा गत फाल्गुन २३ गतेबाट सुरुभएको ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै आज काठमाडौँमा सम्पन्न भएको छ।
२६ जना खेलाडीलाई लिगको आधारमा ८६ खेल खेलिएको उक्त ब्याडमिन्टन प्रतियोगितामा राजु सिद्दि बज्राचार्य र राजेन्द्र शाक्य, बिनोद कँडेल र सुनिल बज्राचार्य र दिपेन्द्र काफ्ले र सुनिल शाक्यले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए।
बिजेताहरुलाई पुरस्कार,सहभागीहरुलाई प्रशंशा पत्र र क्लबलाई योगदान गर्नेहरुलाई कदरपत्र प्रदानगर्दै रास्ट्रीय सभाका सदस्य किरण बाबु श्रेष्ठले खेल स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउनु भयो ।
त्यस्तै काठमाडौँ महानगरपालिका १६ वडाका अध्यक्ष रोजिता श्रेष्ठले खेलकुदमा महिला दिदिबहिनीहरुको समेत संलग्नता हुनुपर्नेमा जोडदिदै वडाबाट खेलकुदको लागि सहयोग गर्न सकिने बताउनु भयो। क्लबका अध्यक्ष श्रीराम पुडासैनीले खेलकुद प्रतियोगिता केवल उपाधि जित्ने साधन मात्र नभएर अनुशासन ,परिश्रम ,आत्मा विश्वास ,एकता ,प्रतिष्ठा र मित्रताको प्रतिक हो भन्ने कुरामा जोड दिदै स्वस्थ समाज निर्माण गर्न सबैले भुमिका खेल्नु पर्ने बताउनु भयो।
कार्यक्रममा हज कमिटिका सँयोजक इर्सा मुल्ला मियाले आफु ६७ बर्षको हुदा पनि ब्याडमिन्टन खेलिरहेको र आफु स्वस्थ रहेको प्रसङ्ग उल्लेखगर्दै खेलको महत्वमाथि प्रकास पर्नु भयो। सो अवसरमा बरिस्ठ खेलाडी अर्जुन के सी ,पुर्व रास्ट्रीय खेलाडी शान्ति मानन्धर , खेल संयोजक उमेश के सी ,महिला कल्याण समाजकी अध्यक्ष सबिता डंगोल ,चेतनशील महिला समाजकी तुलसी भुषाल ,समाज कल्याण बिकास केन्द्रका खेलनाथ पराजुली लगायतले खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो।
सो ब्याडमिन्टन प्रतियोगितामामा भूगोल थापाले रेफ्रीको भूमिका निर्बाह गर्नु भएको थियो।