• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १२ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १२ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १३ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    खोटाङमा प्रथम रेडपाण्डा महोत्सव सुरु

  • लाईभ नेपाल
  • २०८२ बैशाख २, मंगलबार (१ साल अघि)
  • १०२०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • खोटाङ। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव- २०८२’ सुरु भएको छ ।

    विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।

    दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।

    नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो ।

    महोत्सवको औपचारिक उद्‌घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पानसमा बत्ती बालेर गरेका थिए । महोत्सव उद्‌घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका थिए ।

    महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ‘किराँत उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरे भञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ ।

    मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी खण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको छ । जिल्लामा पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको कक्षाहरूमा तस्वीर तथा भिडियो खिच्नेको घुइँचो लागेको छ ।

    सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिक रूपमा शुभारम्भ गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।

    गत पुसमा औपचारिक रुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑