• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

      १९ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

      १९ घण्टा अघि

      मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

      १९ घण्टा अघि

      रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

      १९ घण्टा अघि

      दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

      १९ घण्टा अघि

      यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

      १९ घण्टा अघि

      निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै

      १९ घण्टा अघि

      विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

      १९ घण्टा अघि

      यस्तो छ आज तरकारीको थोक मूल्य

      १९ घण्टा अघि

      गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

      १९ घण्टा अघि

      आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १९ घण्टा अघि

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १ दिन अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      १ दिन अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      १ दिन अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ दिन अघि
    आज: २०८३ बैशाख ३, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  शिक्षा

    मानसिक स्वास्थ्य प्रवर्धनमा ऐतिहासिक कदमः बुढानीलकण्ठ नगरपालिका र ‘National Solution and Research Centre’ को अग्रणी पहल

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १७, शनिबार (१0 महिना अघि)
  • ११२८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं। बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथामका लागि बुढानीलकण्ठ नगरपालिकाले एक महत्वपूर्ण कदम चालेको छ। नगरपालिका र ‘National Solution and Research Centre’ को संयुक्त आयोजनामा शुक्रबार एक बृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

    २०८२ जेठ १६ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजित “आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सचेतनामूलक कार्यक्रम“ मा १०२ जना विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्थानीय सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तीन घण्टासम्म चलेको गहन सत्रमा सहभागीहरूले मानसिक स्वास्थ्यको जटिलता र यसको समाधानमा सामूहिक प्रयासका लागि सक्रियता देखाएका थिए।

    कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत श्री महेशप्रसाद पाठक प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने शिक्षा, युवा तथा खेलकुद प्रमुख श्री ललित विक्रम सिंह र जनस्वास्थ्य शाखा प्रमुख श्री लीलाधर भुसाल विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। उहाँहरूको उपस्थिति र मन्तव्यले स्थानीय सरकारको यस विषयप्रतिको गम्भीरता र प्रतिबद्धतालाई झल्काएको थियो।

    कार्यक्रमका मुख्य सहजकर्ताका रूपमा सहप्राध्यापक तथा मनोचिकित्सक डा. संजय रिसाल र गेट किपर प्रशिक्षक श्री पवन पौडेलले मानसिक स्वास्थ्यका विविध आयाम, विभिन्न मानसिक रोगको परिचय, लक्षण र पहिचान, नेपालमा मानसिक स्वास्थ्यको अवस्था तथा आत्महत्या रोकथाम सम्बन्धी महत्वपूर्ण विषयमा गहन प्रस्तुति दिनुभएको थियो। यसै क्रममा विद्यालय क्षेत्रमा मानसिक स्वास्थ्यको अवस्थाबारे एक प्रतिवेदन हस्तान्तरण गर्दै नगरपालिकाको ध्यानाकर्षण गराइएको थियो। साथै, मानसिक स्वास्थ्य प्रवर्धनमा शिक्षकहरूको भूमिकामाथि विशेष जोड दिइएको थियो।

    नगरपालिकाका जनस्वास्थ्य प्रमुख श्री लीलाधर भुसालले बालबालिकाको अवस्था र समस्याप्रति शिक्षक र व्यवस्थापन जानकार रहँदा उनीहरूको मानसिक तथा शैक्षिक अवस्थामा टेवा पुग्ने बताउनुभयो। उहाँले विद्यार्थीको मनोभावना बुझ्ने प्रयासले उनीहरूमा ‘मेरो कुरा सुनिदिने कोही छ’ भन्ने सकारात्मक भावना विकास हुने धारणा राख्नुभयो।

    मनोचिकित्सक डा. संजय रिसालले बालबालिकामा देखिने मानसिक समस्यामा प्रारम्भिक उपचारले ल्याउने सुधारबारे प्रकाश पार्दै उनीहरूको मनोविज्ञान र मनोभावना विकासमा विद्यालय र शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो।

    गेटकिपर प्रशिक्षक श्री पवन पौडेलले नेपालमा आत्महत्याको अवस्था, यसका कारणहरू र रोकथामका उपायबारे विस्तृत चर्चा गर्नुभयो। उहाँले उपस्थित सम्पूर्ण सहभागीहरूलाई आत्महत्या रोकथामका लागि ‘गेट किपर’ तालिम प्रदान गर्दै समुदायस्तरमा प्रारम्भिक पहिचान र हस्तक्षेपको महत्वलाई उजागर गर्नुभयो। कार्यक्रममा शिक्षकहरूले मानसिक स्वास्थ्य समस्या सम्बन्धी आफ्ना जिज्ञासा राखेका थिए।

    कार्यक्रमपश्चात् शिक्षकहरूले आफ्ना अनुभव साट्दै बालबालिकाप्रतिको आफ्नो बुझाइ र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए। उनीहरूले बालबालिकाका गल्ती, गृहकार्य नगर्ने जस्ता समस्यालाई फरक दृष्टिकोणले हेर्ने, उनीहरूलाई अझ धेरै माया, हेरचाह गर्ने र उनीहरूको दृष्टिकोणबाट बुझ्ने प्रतिबद्धता व्यक्त गरे। ‘आजदेखि बच्चाहरूलाई अझ धेरै सुन्नेछौं,’ उनीहरूले वाचा गरे। साथै, मानसिक स्वास्थ्य, बालमनोविज्ञान र यस्ता सीपमा आधारित कार्यक्रमहरूमा थप सहभागी हुन रुचि देखाएका थिए।

    बुढानीलकण्ठ नगरपालिका र ‘ल्बतष्यलब िक्यगितष्यल बलम च्भकभबचअज ऋभलतचभ’ को यो सहकार्यलाई बुढानीलकण्ठका विद्यालयहरूमा मानसिक स्वास्थ्यका लागि थप सहयोगी र बुझाइपूर्ण वातावरण निर्माण गर्ने दिशामा एक ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा लिइएको छ। यसले शिक्षकहरूलाई आफ्ना विद्यार्थीहरूको भलाइका लागि अग्रगामी वकालतकर्ता बन्न सशक्त बनाउँदै समग्र शैक्षिक वातावरणलाई मानवीय र संवेदनशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑