• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      ११ घण्टा अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      १२ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      १२ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      १२ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      १३ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      १३ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      १३ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      १३ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      १३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १७ घण्टा अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १ दिन अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १ दिन अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    नेपाल र भारतका सेना कञ्चनजङ्गा चढ्दा सिक्किममा विरोध किन ? कैलाश पर्वतमा जस्तै कञ्चनजंगा आरोणमा पनि प्रतिबन्ध लगाइनुपर्ने सिक्किमका पहिचानवादीको माग

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १९, सोमबार (११ महिना अघि)
  • ८४३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली भूमिमा पर्ने कञ्चनजङ्गा हिमाल आरोहणको विषयलाई लिएर यतिबेला भारतको सिक्किम राज्यमा विवाद चर्किएको छ । गत जेठ ५ र ६ गते नेपाली सेनाका १० र भारतीय सेनाका ५ जना सम्मिलित संयुक्त आरोहण दल कञ्चनजङ्गाको शिखरमा पुगेको विषयले सिक्किममा बहस निम्त्याएको हो ।

    दुबै देशका सेनाको संयुक्त आरोहण दलले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो (८५८६ मिटर) अग्लो हिमालको आरोहण गरेको थियो । आरोहण दलको नेतृत्व सेनानी गजेन्द्र देउवाले गरेका गरेका थिए ।

    भारतीय टोलीको नेतृत्व कर्नेल सर्फराज सिंहले गरेका थिए । यो टोली ०८२ जेठ ७ गते बिहान ७:१० मा कञ्चनजङ्गाको शिखरमा पुगेको थियो । टोलीले नेपाल र भारतको झण्डका साथै संयुक्त राष्ट्र संघको झण्डासमेत फहराएको थियो ।

    त्यस्तै, भारतको अरुणाचल प्रदेशको राष्ट्रिय पर्वतारोहण तथा साहसिक खेलकुद प्रतिष्ठानका तर्फबाट कर्णेल रणवीर सिंह जम्वाल नेतृत्वको टोलीले कञ्चनजङ्गाको सफल आरोहण गरेको थियो । सो आरोहण दलमा जम्वालसँगै नेहपाल सिंह, केवल क्रिसान, छेवाङ चोसगइल र सुशील कुमार पनि थिए । उनीहरु सबै भारतीय सेनामा कार्यरत छन् । टोलीमा अरु चार जना शेर्पा पनि सहभागी रहेका थिए । ‘हर शिखर तिरङ्गा’ अभियानअन्तर्गत उनीहरुले नेपाली भूमिबाट गत मे १८ अर्थात् जेठ ४ गते बिहान ११ बजे कञ्चनजङ्गा आरोहण गरेका थिए ।

     

    कञ्चनजङ्गा हिमाल संवेदनशील भूगोलमा अवस्थित छ । नेपालको ताप्लेजुङ जिल्लामा पर्ने यस हिमालको पूर्वी सीमाना सिक्किमसँग जोडिन्छ । सोहीअनुसार भारतले पनि यो हिमाल आफ्नो भूभागमा पर्ने दाबी गर्दै आएको छ । यो हिमालको पूर्वतर्फ सिक्किममा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज र पश्चिममा नेपालतर्फ कञ्चनजङ्गा संरक्षण क्षेत्र पर्छ । यसको केही उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ ।

    उसै पनि नेपालतर्फबाट कञ्चनजङ्घा हिमाल आरोहण सहज मानिन्छ । सिक्किमको तुलनामा नेपालतर्फबाट कञ्चनजङ्गा आरोहण गर्न पूर्वाधार र पहुँच पनि सहज रहेको बताइन्छ ।

    सिक्किमतर्फबाट कञ्चनजङ्गाको शिखरमा पुग्न उर्ध्व उकालो चढ्नुपर्छ । त्यसबाहेक यस क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायका लागि यस पर्वतको धार्मिक तथा साँस्कृतिक महत्व पनि धेरै छ । सोही कारण पनि सिक्किमतर्फबाट कञ्चनजङ्गा आरोहणमा बन्देज लगाइएको छ ।

    सिक्किम र पूर्वी नेपालमा बसोबास गर्ने लेप्चा र भुटिया समुदायले ८ हजार ५ सय ८६ मिटर उचाइ भएको यस हिमाललाई पवित्र पर्वतका रुपमा लिने गरेका छन् ।

    शेर्पा भाषामा यस हिमाललाई ‘खाङ्चेन चेङा’ भन्ने गरिन्छ । यसको अर्थ पाँच देवदेवीको बासस्थान हुन आउँछ ।

    सिक्किममा कञ्चनजङ्गालाई ‘फो ल्हा’ भनिने कुल देवताका रुपमा पुज्ने चलन छ । कञ्चनजङ्गा पर्वतको सम्मानमा स्थानीय समुदायले हरेक वर्ष पाङल्हाब सोल पर्व पनि मनाउँदै आएका छन् । यस पर्वमा सिक्किममा बिदा समेत दिइन्छ ।

    यसै आधारमा सिक्किमले आफ्नो सार्वभौमिकता दाबी गर्ने स्थानबाट कञ्चनजङ्गाको आरोहणमा भारतले सन् २००१ देखि रोक लगाएको हो । सन् १९९१ को प्रार्थानास्थल ऐन अनुसार सिक्किममा यस्तो व्यवस्था गरिएको हो ।

    सोही कारण यस आरोहणलाई लिएर सिक्किममा चर्को विरोध भइरहेको छ । भारतीय सेनाको आरोहण दलले कञ्चनजङ्गा आरोहण गरेको समाचार सार्वजनिक भएपछि सिक्किमका राजनीतिक दलहरु र विभिन्न पहिचान पक्षधर संघसंस्थाले त्यसको विरोध गरेका छन् । उनीहरुले कञ्चनजङ्गाको आरोहण रोक्न सिक्किम सरकार असफल भएको टिप्पणी पनि गरिरहेका छन् । उनीहरुले आइन्दा कञ्चनजङ्गा पर्वतमा आरोहण हुन नदिन आवश्यक कदम चाल्न पनि सिक्किम सरकारसँग माग गरेका छन् ।

    सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) का संयोजक छितेन टाशी भोटियाले यस आरोहणप्रति दुःख व्यक्त गर्दै आपत्ति जनाएका छन् । भोटिया भारतको केन्द्र सरकार सञ्चालन गरिरहेको भारतीय जनता पार्टी भाजपाको सिक्किम एकाइका प्रमुख सल्लाहकार पनि हुन् ।

    भोटियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिक्किमका जनताका लागि कञ्चनजङ्गा केवल एउटा चुचुरो मात्र होइन, यो हाम्रो संरक्षक देवता हो, हाम्रो भूमिको दिव्य रक्षक, जुन हाम्रो आस्था, परम्परा र सामूहिक पहिचानका रुपमा स्थापित छ र यसलाई भारतीय संविधानको धारा ३७१ एफ अन्तर्गत संरक्षण गरिएको छ ।’

    उनले तिब्बतको कैलाश पर्वतको धार्मिक महत्वको सम्मान गर्दै चीन सरकारले आरोहणमा पूर्ण प्रतिबन्ध लगाएको बताउँदै सिक्किम सरकारले पनि सबैभन्दा पवित्र पर्वतको आरोहण अभियानलाई किन रोक्न नसकेको ? भन्ने प्रश्न समेत गरेका छन् ।

    त्यसैगरी, सिक्किम शेर्पा प्रोटेक्सन फोर्सका अध्यक्ष सोनाम ग्याछो शेर्पाले पनि कञ्चनजङ्गा पर्वत आरोहणको विषयमा विरोध जनाएका छन् । उनले यस घटनाप्रति सिक्किम सरकारको मौनताप्रति पनि प्रश्न उठाएका छन् ।

    नेपाली भूमिबाट भइरहेको आरोहणको गान्टोकमा विरोध हुन थालेपछि सिक्किम सरकारले यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिएको छ । सिक्किमले यो आरोहणमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको पनि स्पष्ट पारेको छ ।

    तिमात्रै नभई सिक्किमले यस आरोहणका भारत सरकारले समेत अनुमति नदिएको दाबी गरेको छ । यो आरोहणको सबै काम नेपालतर्फबाट भएकोे स्पष्टीकरण दिइएको छ ।

    सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयनमन्त्री टीटी भोटियाले सिक्किमबाट कञ्चनजङ्गा पर्वतको आरोहण गरिएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले कञ्चनजङ्गा पर्वत आरोहणका लागि सिक्किमबाट कुनै पनि प्रकारको अभियान नभएको बताए ।

    पवित्र पर्वतको आरोहण गर्ने गराउने कार्य सिक्किम सरकारले भुलेर पनि नगर्ने उनको भनाइ छ । मन्त्री भोटियाले आरोहणको खबर प्रकाशमा आउनेबित्तिकै मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस) गोलेले केन्द्रीय गृह मन्त्रालयमा पत्राचार गरेर यसबारे जानकारी दिएको पनि उल्लेख गरे ।

    कञ्चनजङ्गा हिमाल आरोहणका विषयलाई लिएर सिक्किममा विरोध भएपछि मुख्यमन्त्री गोलेले गृहमन्त्री अमित शाहलाई सम्बोधन गरेर लेखेको पत्रसमेत सार्वजनिक भएको छ ।

    यो पनि-

    कञ्चनजङ्गा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित)

    उक्त पत्रमा मुख्यमन्त्रीले सिक्किमे जनताको आस्था र सांस्कृतिक मूल्य विपरीत पवित्र हिमालमा आइन्दा कुनै आरोहण नगराउनका लागि यो विषय नेपाल सरकारसमक्ष पेश गर्न गृहमन्त्री शाहसमक्ष आग्रह गरेका छन् ।

    पत्रमा उनले नेपालतर्फबाट कञ्चनजङ्गा आरोहण गरिएको समाचारप्रति चिन्ता प्रकट गर्दै यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गरिएको जनाएका छन् । उनले यस विषयलाई नेपाल सरकारसमक्ष राख्न र भविष्यमा आरोहणमा बन्देज लगाउनका लागि नेपाललाई आग्रह गर्नसमेत माग गरेका छन् ।

    सिक्किमेहरुले कञ्चनजङ्गा आरोहणमा गर्न नपाइने भन्दै नेपालतर्फबाट ‘अतिक्रमण’ भइरहेको आरोप लगाउँदा नेपाल सरकार भने अहिलेसम्म मौन छ । यद्यपि अहिलेको विवाद भने नेपालीहरुका तर्फबाट मात्रै नभएर स्वयं भारतीय सेनाकै टोलीले कञ्चनजङ्गा आरोहण गरेपछि उब्जिएको हो ।

    पहिले नेपालजस्तै स्वतन्त्र देशका रुपमा रहेको सिक्किम यतिबेला भारतको प्रान्तीय राज्यका रुपमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

    समाचार

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑