
काठमाण्डौँ । जुन १४ जीवित जनावर ढुवानी दिवसको रुपमा मनाईने गरिन्छ । यही दिवसको अवसर पारेर एनिमल नेपालले शुक्रबार काठमाडौमा पत्रकारसंग अन्तरकृया गरेको छ । पत्रकारसंगको अन्तरकृयामा कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे छलफल भएको थियो ।कार्यक्रममा एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले पशु कल्याणका लागि अन्तर्राष्ट्रियस्तरमा पाँचवटा प्रावधानहरु जस्तै, भोक प्यास र कुपोषण हुन नदिने, डर त्रास र तनाव हुन नदिने, भौतिक तथा शित, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने रहेकोले नेपालमा पनि ती प्रावधान लागु हुनु पर्ने बताईन ।
उनले उपभोक्ता ले कस्तो मासु उपभोग गर्दै छौं भन्ने कुरा जवसम्म महसुस हुदैन तवसम्म बजारमा जस्तो पनि माछा मासु बिक्री हुन बताउदै मासु जाँच ऐन कार्यनयन हुनु पर्ने बताईन । उनले महेन्द्रनगर , नेपालगञ्ज देखि ल्याउने पशुलाई चितवन जिल्लामा जनावरहरूका लागि आरामदायी स्थानको निर्माण गर्न सरकारलाई भनिरहेको बताईन ।
नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ का अनुसार प्रत्येक पशुपक्षी ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, पशु ढुवानी गर्दा सबैको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक र पुच्छरमा डोरी बाँध्न नहुने, ती जनावरहरूले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने भनी एनिमल नेपालले वकालत तथा पैरवी गर्दै आएको पनि बताईन । उनले सवारी साधनमा छेउ छेउमा फम टाँसिएको हुनु पर्नेमा नटाँसिएको ,एउटा ट्रकमा २० वटा मात्रै राँगा भैँसी ढुवानी गराउनु पर्नेमा ३० बटा सम्म ढेवानी गरेको सवारी साधनमा उनीहरूका लागि पराल, दाना पानीको व्यवस्था गरिनु पर्ने नगरिएको ८ घण्टा भन्दा बढीको यात्रा गर्न नहुने लगातार यात्रा गराइने गरेको बमर्यन ।
उनले पछिल्लो समय कुखुराको उत्पादन केज फ्रीजमा गर्ने गरेको र यो पनि कुखुरालाई पिडा दिने कार्य भएको बताईन । एनिमल नेपालकी फिल्ड सुपर भाइजर लक्ष्मी खत्रीले पशुपक्षी तथा जनावरहरू ढुवानीका क्रममा ज्यादै दर्दनाक अवस्थाहरू देखिन गरेका बाउदै यसलाई कम ढुवानी सम्बन्धी ऐन ल्याउन नेपाल सरकारलाई सरोकारवाला निकायहरू तथा सञ्चारकर्मीहरूले समेत दवाब दिन जरुरी रहेको बताईन ।


