• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १९, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

      ६ घण्टा अघि

      A social journey written with the spirit of Rajan Thapa, honored by Kavre

      ६ घण्टा अघि

      सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

      ७ घण्टा अघि

      राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

      ७ घण्टा अघि

      सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

      ९ घण्टा अघि

      वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १0 घण्टा अघि

      नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

      १0 घण्टा अघि

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      १ दिन अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      १ दिन अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      १ दिन अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      १ दिन अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      १ दिन अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      १ दिन अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      १ दिन अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      १ दिन अघि
    आज: २०८३ बैशाख १९, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    संघीय संसदका दुवै सदनको बैठक आज: विनियोजन विधेयकमाथि छलफल, नागरिकता विधेयक पेश हुने

  • लाईभ नेपाल
  • २०८२ अषाढ ५, बिहिबार (१0 महिना अघि)
  • १००७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, ५ असार । संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेदेखि लिएर विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनहरू पेश हुने कार्यसूची रहेको छ।

    प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजेका लागि तय भएको छ। यस बैठकमा विनियोजन विधेयक, २०८२ माथि छलफल सुरु हुनेछ। कार्यसूचीअनुसार वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरूमा समूहगत छलफल हुनेछ। संघीय संसद सचिवालयले विनियोजन विधेयक, २०८२ माथि हुने छलफलका क्रममा मन्त्रालयहरूको विभिन्न शीर्षकमा खर्च कटौतीका प्रस्तावहरू समेत पेश गर्ने कार्यसूची रहेको जनाएको छ।

    यसैगरी, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ काण्ड छानबिन आयोग गठनको माग गर्दै गृहमन्त्रीको राजीनामाको मागसहित संसद अवरोध गर्दै आएका छन्।

    यता, राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी प्रश्नोत्तरमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

    त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१ पेश गर्नुहुनेछ।

    आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ। बैठकले संविधान सभा सदस्य वीरेन्द्र जुहारचन र पूर्व प्रतिनिधि सभा सदस्य धुन्दिराज शास्त्रीको निधनमा शोक प्रस्ताव समेत प्रस्तुत गरी श्रद्धाञ्जली व्यक्त गर्नेछ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

    समाचार

    त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑