• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ११ घण्टा अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ११ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ११ घण्टा अघि

      रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

      ११ घण्टा अघि

      सीलाई भेट्न चीन पुगे पुटिन

      १२ घण्टा अघि

      अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

      १२ घण्टा अघि

      नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

      १२ घण्टा अघि

      सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

      १२ घण्टा अघि

      पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

      १२ घण्टा अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      १ दिन अघि

      Rajiv Jain Summits Mera Peak, Showcasing Nepal’s Himalayan Tourism

      १ दिन अघि

      राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

      १ दिन अघि

      फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

      १ दिन अघि

      धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, ४ जना सर्टलिस्टमा छनोट

      १ दिन अघि

      नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    “मेरिटोक्रेसी प्रचन उल्घनहुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर

  • लाईभ नेपाल
  • २०८२ अषाढ ७, शनिबार (११ महिना अघि)
  • ११६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसले मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेस शिक्षा वभागले आज काठमाडौंमा आयोजना गरेको शिक्षा नीति वहस अन्तरगत ‘उच्च शिक्षा विमर्श ‘ कार्यक्रममा बोल्दै महरले भने ,हामीले दशकौं देखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनु पर्ने माग गर्दै आएका थियौं। अघिल्लो पटक देखि यसको थोरै भए पनि कार्यान्वयन हुदै आएको थियो ।तर सुनिए अनुसार यस पटक त्रिभुवन विश्श्वविद्यालयको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाईएको भन्दै महरले यसले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक मर्यादा र समग्र शैक्षिक भविष्यमाथि संकट निम्त्याउने आरोप लगाएका छन्।

    नेता महरले भने, “प्रतिभा, प्रयास र क्षमताको निष्पक्ष मूल्याङ्कन र त्यसका आधारमा प्रदान गरिने अवसर नै मेरिटोक्रेसीको मूल मर्म हो। तर, देशको जेठो र सबैभन्दा ठूलो विश्वविद्यालय, जसले लाखौं विद्यार्थीको भविष्य र राष्ट्रको बौद्धिक दिशा निर्धारण गर्छ, त्यस्तो संस्थाको नेतृत्व चयनमा यस्तो आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिई अपारदर्शी र स्वार्थ प्रेरित ढंगले निर्णय लिइनुले समग्र प्राज्ञिक क्षेत्रलाई नै निराश तुल्याएको छ।”

    उनले थपे, “यस्ता अपारदर्शी नियुक्तिले विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि अतिक्रमण मात्र गर्दैन, योग्य र सक्षम व्यक्तिहरूलाई पाखा लगाउँदै संस्थालाई राजनीतिक भागबण्डा र कृपावादको थलो बनाउने खतरा पनि बढाउँछ। यसले गर्दा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने, अनुसन्धान र नवीनता कमजोर हुने तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिष्ठामा समेत गम्भीर आँच आउने निश्चित छ।” यसर्थ विश्वविद्यालयको ऐन मै खुल्ला प्रतिस्पर्धा र मेरिटोक्रेसीको वैधानिक व्यबस्था गर्नु पर्ने महरको भनाई छ।

    महरले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीद्वारा गठित सिफारिस समितिको संरचना र कार्यविधिमाथि पनि प्रश्न उठाएका छन्। शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य थिए। “समितिले कुन मापदण्ड, प्रक्रिया र आधारमा सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन गर्‍यो र कसरी नाम सिफारिस गर्‍यो भन्नेबारे आम चासो र जिज्ञासा हुँदाहुँदै पनि त्यसलाई सार्वजनिक नगरिनुले त झन ,सिफारिस प्रक्रियाको निष्पक्षतामाथि नै गम्भीर शंका उब्जिएको छ,” महरले भने।

    उनले यस्तो प्रवृत्तिले विश्वविद्यालयमा राजनीतिकरणलाई थप संस्थागत गर्ने र प्राज्ञिक व्यक्तित्वहरूको मनोबल गिराउने काम गर्ने बताए। “जब उच्च प्राज्ञिक पदहरूमा नियुक्ति योग्यता र क्षमताभन्दा पनि राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको निकटताका आधारमा हुन थाल्छ, तब विश्वविद्यालयहरू ज्ञान उत्पादन र प्रतिभा विकासका केन्द्र बन्नुको सट्टा दलिय राजनीतिक स्वार्थपूर्तिका अखडा बन्न पुग्छन्,” महरले चिन्ता व्यक्त गरे।

    नेता महरले सरकार र सम्बन्धित निकायलाई यस्ता गलत अभ्यासहरू तत्काल सच्याउन र विश्वविद्यालयजस्ता प्राज्ञिक संस्थाहरूमा राजनीतिक हस्तक्षेप बन्द गरी योग्यता, क्षमता, अनुभव, दृष्टिकोण र निष्ठालाई एक मात्र मापदण्ड बनाउन जोडदार माग गरेका छन्। अन्यथा, ‘मेरिटोक्रेसी’ केवल नारामा सीमित हुने र ‘मनमानीक्रेसी’ नै संस्थागत भई मुलुकको शैक्षिक भविष्य नै अन्धकारतर्फ धकेलिने खतरा उनले औंल्याए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    सीलाई भेट्न चीन पुगे पुटिन

    अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

    नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    समाचार

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑