• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      ३ घण्टा अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      ४ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      ४ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      ४ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      ५ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      ५ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      ५ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      ५ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      ५ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ९ घण्टा अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १ दिन अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १ दिन अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    सामाजिक सञ्जाल गाली खाने प्लेटफर्म जस्तो भयो : एलिना चौहान

  • लाईभ नेपाल
  • २०८२ अषाढ २४, मंगलबार (९ महिना अघि)
  • ६१७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ। ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्, ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन्।’

    गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन्।

    गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो।

    ‘डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के,’ उनले भनिन्, ‘बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु।’

    सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने? के लेख्न पाइन्छ? के लेख्न पाइँदैन? भन्ने थाहा हुनुपर्छ। व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि?, त्यो बुझ्न जरुरी छ।’

    सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ। ‘तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिनँ, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन,’ उनले भनिन्, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न।’

    अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाए। ‘भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्,’ उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, ‘त्यसैले यो कदम उठाउन बाध्य हुनुपर्‍यो।’ सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ।

    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल : अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइ्न्।

    सामाजिक सञ्जाल आधुनिक समाजको अंग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनीयता र ज्यान समेत जोखिममा पर्ने गरेको छ।

    ‘छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जंगलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ,’ सञ्चारविज्ञ भुवन केसीले भने, ‘सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्र्ने प्रणालीको विकास गर्नुपर्छ।’

    उनले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भने, ‘सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ।’

    नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गरिन्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

    समाचार

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

    Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑