
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने बताइएको छ।
संसदीय मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधयेक समितिका संयोजक समेत रहेका लेखकले उक्त विषयमा अध्ययन गरिरहेका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीसँग सरसल्लाह छलफल गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।