• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आजको मौसम पूर्वानुमान

      ३ मिनेट अघि

      आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

      ८ मिनेट अघि

      अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

      ११ मिनेट अघि

      नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      १५ मिनेट अघि

      Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

      २२ मिनेट अघि

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

      २६ मिनेट अघि

      नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

      २८ मिनेट अघि

      माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

      ३३ मिनेट अघि

      नेपाल प्रहरीका ६० एसपीको सरुवा (सूची सहित)

      ३५ मिनेट अघि

      नेपाली सेनाको रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह

      १६ घण्टा अघि

      शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

      २१ घण्टा अघि

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १ दिन अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      १ दिन अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      १ दिन अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      १ दिन अघि
    आज: २०८३ मंसिर ९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • लाईभ नेपाल
  • २०८३ मंसिर ९, बुधबार (१५ मिनेट अघि)
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए । उनले नेपाल र भारतले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे ।

    दुई देशबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धका बाबजुद व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा पर्याप्त सम्भावना अझै उपयोग हुन नसकेको उनले उल्लेख गरे । अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन व्यापार सहजीकरण तथा बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा तथा कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र र पर्यटन, कृषि एवं साना तथा मझौला उद्यमलाई प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरे ।

    उनका अनुसार नेपाल र भारतबीचको व्यापारलाई सहज बनाउन गैरभन्सार अवरोध न्यूनीकरण, भन्सार प्रक्रियाको सरलीकरण, सीमावर्ती नाकामा हुने ढिलाइको समाधान, मापदण्डको सामञ्जस्यता तथा व्यापार नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता आवश्यक छ । सीमापार व्यापारलाई समय, लागत र प्रतिस्पर्धात्मक क्षमताका हिसाबले प्रभावकारी बनाउनु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले बताए । नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगलगायत क्षेत्रमा लगानीका सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण तथा दीर्घकालीन पूँजी लगानीमार्फत नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने अग्रवालले बताए ।

    ऊर्जा सहकार्यलाई द्विपक्षीय आर्थिक सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै उनले विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधार विकास तथा ऊर्जा उपयोग गर्ने उद्योगहरूमा लगानी प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक, डिजिटल भुक्तानी, सूचना प्रविधि स्टार्टअप, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको हिस्सा बनाउनुपर्ने उनले बताए । पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सम्बन्ध सुदृढीकरणमा पनि नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको अग्रवालको भनाइ थियो ।

    एकीकृत पर्यटन मार्ग, सीमापार पर्यटन लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विकासले रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न सक्ने उनले उल्लेख गरे । निजी क्षेत्रका प्रतिनिधिका रूपमा संवाद र घोषणामा मात्रै सीमित नभई ठोस साझेदारी, मापनयोग्य उपलब्धि तथा कार्यान्वयनयोग्य प्रतिबद्धतामा जोड दिनुपर्ने अध्यक्ष अग्रवालले बताए । यस्तो साझेदारीले दुवै देशका युवाका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राख्नुपर्ने उनले धारणा राखे ।

    नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता तथा व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

    नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

    समाचार

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑