• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आजको मौसम पूर्वानुमान

      ३ मिनेट अघि

      आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

      ८ मिनेट अघि

      अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

      ११ मिनेट अघि

      नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      १५ मिनेट अघि

      Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

      २२ मिनेट अघि

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

      २६ मिनेट अघि

      नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

      २८ मिनेट अघि

      माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

      ३३ मिनेट अघि

      नेपाल प्रहरीका ६० एसपीको सरुवा (सूची सहित)

      ३५ मिनेट अघि

      नेपाली सेनाको रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह

      १६ घण्टा अघि

      शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

      २१ घण्टा अघि

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १ दिन अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      १ दिन अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      १ दिन अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      १ दिन अघि
    आज: २०८३ मंसिर ९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

  • लाईभ नेपाल
  • २०८३ मंसिर ९, बुधबार (८ मिनेट अघि)
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लंघनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।

    यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसंघीय महिला निकायले सर्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो सङ्ख्या दैनिक औसत १३७ हो ।

    महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्राय: लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ ।

    महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।

    महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो ।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र गैरसरकारी संस्थालाई यस दिन चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ ।

    आजैदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् ।

    यस दिवसका अवसरमा जारी सन्देशमा उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह रेका छन् ।

    यसै अवसरमा राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जबाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

    नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

    समाचार

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑