काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।