मंसिर ८ , काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो ।
भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।

