• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १९ मिनेट अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      २४ मिनेट अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      २५ मिनेट अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      २८ मिनेट अघि

      गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

      ३0 मिनेट अघि

      भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

      ३२ मिनेट अघि

      पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

      ३४ मिनेट अघि

      बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय नीतिगत संवाद सम्पन्न

      ३५ मिनेट अघि

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      १४ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      १४ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      १४ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १५ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १५ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १५ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • लाईभ नेपाल
  • २०८३ मंसिर ८, मंगलबार (२८ मिनेट अघि)
  • १२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

    औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो ।

    विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट प्रयोग हुँदै आएको छ ।

    उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक छ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए ।

    विभागले निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन औषधि उद्योग तथा सरोकारवालालाई सोमबार सूचित गरेको हो ।

    सो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ । साथै, विभागीय निर्णयअनुसार यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइएको सूचनामा उल्लेख छ ।

    यसैबीच विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजारमा उपलब्धताका बारेमा जानकारी गराएको छ । जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न तथा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधिको बजार उपलब्धताबारे जानकारी गराएको हो ।

    विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहका सिस्प्लाटिन कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि उपलब्ध नभएको वा न्यून रहेको जानकारीपछि ती औषधि सहज रूपमा उपलब्ध हुने फर्म तथा वितरकको विवरण सार्वजनिक गरिएको हो ।

    विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राखी नियमित बजार उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।

    यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पीएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका दर्तालगायतका सेवा आजैदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी पनि सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

    भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

    पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

    समाचार

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑