• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      ८ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      ८ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      ८ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      ९ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      ९ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      ९ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      ९ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      ९ घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    नागार्जुनको ‘बद्रीनारायण धाम’ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

  • लाईभ नेपाल
  • २०८२ श्रावण २९, बिहिबार (९ महिना अघि)
  • ८४३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा रहेको बद्रीनारायण धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ । वाचन शिरोमणी पण्डित स्वर्गीय नारायण पोखरेलको स्मृतिमा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा अहिले धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

    उक्त धाममा हाल दैनिक एक हजार र विदाको दिनमा पाँच हजारसम्म भक्तजन दर्शनका लागि जाने गरेका छन् । गत वैशाख १९ देखि २७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बद्रीनारायण धामको मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजा सुरु गरेसँगै अहिले बद्रीनारायणको दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु नागार्जुन पुग्ने गरेका हुन् ।

    लण्डनबाट बद्रीनारायण धामको दर्शनका लागि आउनुभएका निरज खड्का नेपालमै बद्रीनारायणको दर्शन गर्न पाउँदा आफूलाई ज्यादै आनन्दित तुल्याएको बताउनुभयो । “धेरै मानिसहरु बद्रीनारायणको दर्शन गर्न भारतलगायत विदेश जानुपरेको छ, नेपालमै यत्रो धाम निर्माण हुनु नेपाल र नेपालीका लागि खुशीको कुरा हो,”– उहाँले भन्नुभयो ।

    काठमाडौँको लामाटारबाट बद्रिनारायण धामको दर्शनका लागि आउनुभएकी निर्मला घिमिरे बद्रीनारायण धामको दर्शन गर्न पाएकोमा सारै खुशी हुनुहुन्छ । “बद्रीनारायण धामको दर्शनका लागि भारत जानुपरेन यहिँ दर्शन गर्न पाएकोमा सारै खुशी लागेको छ,”– उहाँले भन्नुभयो ।

    यस्तै, लण्डनबाटै बद्रीनारायण धामको दर्शनका लागि आउनुभएकी सामना बाला पनि नेपालमै बद्रीनारायण धाम निर्माण भएकोमा ज्यादै खुशी हुनुहुन्छ । रामकोटमा २२ रोपनी क्षेत्रफलमा उक्त धाम निर्माण भएको छ । उक्त धाममा रु नौ करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ र उक्त मन्दिरको प्राण प्रतिष्ठासमेत सम्पन्न भइसकेको छ ।

    यस्तै, धामभित्र नारायण आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ । ५२ करोड लगानीमा निर्माण हुँदै गरेको उक्त धामलाई पूर्णता दिनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य गरी रकम जुटाउने काम भइरहेको नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवम् धामका पीठाधीस पण्डित दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।

    उक्त धाम निर्माणका सरकारले २२ रोपनी जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको पण्डित पोखरेलले बताउनुभयो । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो ।

    विस २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार एक सय ३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

    प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

    उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑