• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ४, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

      १९ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

      १९ घण्टा अघि

      मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

      २0 घण्टा अघि

      रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

      २0 घण्टा अघि

      दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

      २0 घण्टा अघि

      यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

      २0 घण्टा अघि

      निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै

      २0 घण्टा अघि

      विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

      २0 घण्टा अघि

      यस्तो छ आज तरकारीको थोक मूल्य

      २0 घण्टा अघि

      गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

      २0 घण्टा अघि

      आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      २0 घण्टा अघि

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १ दिन अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      १ दिन अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      १ दिन अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ दिन अघि
    आज: २०८३ बैशाख ४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

  • लाईभ नेपाल
  • २०८२ श्रावण २९, बिहिबार (८ महिना अघि)
  • ६२०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सुदूरपश्चिम। भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।

    भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ । यहाँ भगवान् शिवले लामो समय बसोबास गर्नुभएको धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिए।

    हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन् ।

    यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन् । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन् ।

    खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ । यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने पुजारी पाध्यायले उल्लेख गरे ।

    सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भएपनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने उनले विश्वास व्यक्त गरे ।

    धार्मिक र पर्यटकीय दृष्टिले यो क्षेत्रको महत्त्व बढी भएपनि पूर्वाधार जुटाउने विषयमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो भक्तजनको छ । स्तरीय बाटो, खानेपानी र शौचालयको अभाव, धर्मशाला एवं बासस्थानको कमीले तीर्थालुलाई कठिनाइ हुने बताइएको छ । सुरक्षित पैदल मार्ग बन्न नसकेका कारण बाटोमा चिप्लियर दर्शनार्थीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पैदल हिँड्ने क्रममा चिप्लिएर कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

    प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले मन्त्रालयले बडिमालिकाका लागि चालु वर्षमा शौचालयसहितको अतिथि गृह र विश्रमगृह निर्माण गर्ने योजना बनाएको बताए।

    उनले भने, “प्रदेश सरकारले यो क्षेत्रमा पूर्वाधार जुटाउनमा साधनस्रोतले भ्याएसम्म काम गरिरहेको छ”, उनले भने, “यहाँ पुग्न कतिपय ठाउँमा पदमार्ग निर्माण भइसकेका छन्, भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण बजेट विनियोजन गरिएपनि अहिले काम भएको छैन ।”

    आगामी वर्ष एसियाली विकास बैङ्कको सहयोगमा यो क्षेत्रमा थप पूर्वाधारहरू विस्तार गर्नका लागि पहल भइरहेको प्रमुख बोहराले जानकारी दिए। उच्च भूभाग भएकाले अक्सिजनको कमीले ‘लेक लागेर’ बेहोस हुने समस्या पनि कतिपय तीर्थयात्रुले झेल्नु परेको उनको भनाइ छ ।

    करिब ४५ हजार दर्शनार्थीद्वारा पूजा

    यो वर्ष लागेको मेलामा ४५ हजार बढी भक्तजनले बडिमालिका माताको पूजा तथा दर्शन गरेका छन् । नेपाल स्काउट, सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले बडिमालिकामा यस वर्ष यही साउन १४ गतेदेखि सुरु भएको नवाह यज्ञ सहितको मेला साउन २३ गते मुख्य पूजा गरेर समापन भएको बताउँदै करिब ४५ हजारले दर्शन गरेका जानकारी दिए।

    थापाले भने, “आफू पनि मेला अवधिभर बडिमालिकामा थिएँ, मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि यस वर्ष नेपाली सेनामार्फत् बडिमालिका मन्दिरको जीर्णोद्धार गरिएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको थियो ।” उनका अनुसार जीर्ण बनेको परम्परागत मन्दिरलाई करिब २ करोड रुपैयाँको लगानीमा नेपाली सेनाले नयाँ शैलीको कलात्मक बडिमालिकाको मन्दिरको रूपमा जीर्णोद्धार गरेको हो ।

    मन्दिरको जीर्णोद्धार गरिएकाले नौ दिनसम्म नौ ब्राह्मणद्वारा दैनिक पूजाआजासहित शुद्धाशुद्धिका लागि नवाह गरिएको थापाले जानकारी दिए। विगतका वर्षहरूमा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन चतुर्दर्शीका दिन मात्रै यहाँ पूजासहितको मेला लाग्ने गरेको थियो ।

    यस वर्षको मेलामा पनि देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाटसमेत दर्शनार्थीहरू पूजा तथा दर्शनका लागि आएका बडिमालिकाका पुजारी पाध्यायले जानकारी दिए। उनले भने, “बडिमालिका धार्मिक आस्थाको अपूर्व सङ्गम हो । यहाँ प्रत्येक वर्ष लाग्ने मेलामा बाजुरा, डोटी र जुम्ला र कालिकोटबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ ।”

    मन्दिर परिसरमा परम्परागत बाजागाजासहित सास्कृतिक प्रदर्शन र भक्तजनको उत्साहपूर्ण सहभागिताले वातावरणलाई थप जीवन्त बनाएको यहाँ पुग्नुभएका पत्रकार पदमबहादुर सिंहले बताए।

    जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरेपनि अन्य समयमा पनि पर्यटक यहाँ आउने गर्दछन् । बडिमालिका माताको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने, रोगव्याधी निको हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको पुजारी पाध्यायले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑