• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ आश्विन १६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      २०८२ फागुन २१ मा संघीय चुनाव नभए के हुन्छ ? निर्वाचन आयोगका माग र सम्भावित बाटोहरू

      १२ घण्टा अघि

      जलेको देश र अनिश्चित भविष्य

      १ दिन अघि

      डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

      १ दिन अघि

      माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

      १ दिन अघि

      नवमीका दिन सवारी साधनको पूजा

      १ दिन अघि

      च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

      १ दिन अघि

      पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

      १ दिन अघि

      इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

      १ दिन अघि

      सयपत्री फूलखेती विस्तार

      १ दिन अघि

      राष्ट्रिय संवाद अपरिहार्य: फागुनको निर्वाचन सम्पन्न गर्न वा संसद पुनःस्थापना गर्न नैनसिंह महरको जोड

      ३ दिन अघि

      तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

      ३ दिन अघि

      काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए

      ३ दिन अघि

      नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Hyundai गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

      ३ दिन अघि

      प्रथम वार्षिक साधारण सभा सम्पन्न

      ३ दिन अघि

      सीप र संघर्षकी प्रतीक – राधीका कार्की थापा

      ३ दिन अघि
    आज: २०८२ आश्विन १६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

  • लाईभ नेपाल
  • २०८२ आश्विन १५, बुधबार (१ दिन अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • मनाङ । असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ ।

    विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल आरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यसवर्ष सुनसान छ ।

    यहाँको सौन्दर्यताले विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । तर, मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेन-जी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई नै असर गरेको प्रत्यक्ष बुझ्न सकिने पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए।

    उनले भने, ‘यहाँका मुख्य आयस्रोत नै पर्यटन र कृषि हो, तर जेन-जी आन्दोलनले देशमा नै पर्यटकको आगमन नहुँदा यसवर्ष मनाङमा पनि आउन सकेका छैनन्, यसले देशको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ ।’

    आम्दानी नहुँदा देशलाई परेको नोक्सानलाई ‘रिकभर’ गर्न सकस हुने गुरुङको भनाइ छ । विशेषगरी मनाङको राजस्वले देशकै अर्थतन्त्रमा ठूलो भूमिका रहेको उनले बताए।

    आन्दोलन अघिसम्म पर्यटकको आगमन र चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेकामा अहिले सुनसान रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उनले बताए।

    ‘गत हप्ता यहाँ पर्यटक खचाखच भएको थियो, अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन्’, प्रजिअ पौडेलले भने, ‘केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, तर केही दिनयता शून्य छ ।’

    पर्यटक शून्य हुनुमा जेन-जी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको उनको भनाइ छ ।

    विशेष गरी जेन-जीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि यहाँ सुनसान बनेको छ ।

    थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए।

    चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेन-जी आन्दोलनको असरले आउन नसकेको उनको भनाइ छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यहाँका होटेल यसपाली पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए। यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए ।

    जेन-जी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटी ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भने, ‘यसवर्ष सुनसान छ मनाङ, पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ, गतवर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो, अहिले विदेशी पर्यटक देखिएका छैनन् ।’

    जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान भएको छ । कर्मचारी मात्रै नभइ ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन सहर जाने गर्दछन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

    नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताए । अध्यक्ष लामाले पनि जेन-जी आन्दोलनले गर्दा यहाँको पर्यटनमा असर परेको बताए । सुस्ताएको पर्यटन व्यवसायलाई उठाउने प्रयासमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीयको माग छ । मनाङ देशकै पहिलो वैदेशिक व्यापारिकसम्बन्ध कायम गर्ने भएकाले यस्ता कार्यमा मनाङवासी चिन्तित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलेको देश र अनिश्चित भविष्य

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    समाचार

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑