• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

      ३३ मिनेट अघि

      आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

      ३७ मिनेट अघि

      आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

      ३९ मिनेट अघि

      टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

      ४१ मिनेट अघि

      निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      ४४ मिनेट अघि

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      १0 घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      १0 घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      १0 घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      १0 घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      १0 घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      १0 घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      १0 घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      १0 घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २३ घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      २३ घण्टा अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    ‘योगदान राष्ट्रका लागि अभियान’ को ५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट सेवा र योगदानकर्ताहरूलाई डा. घिमिरे बाट सम्मानित

  • लाईभ नेपाल
  • २०८२ मंसिर २, मंगलबार (३ हफ्ता अघि)
  • १३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सामाजिक सेवा, स्वास्थ्य सुरक्षा तथा आपतकालीन राहत अभियानमा सक्रिय ‘योगदान राष्ट्रका लागि अभियान’ संस्थाको ५औँ वार्षिक साधारण सभा कात्तिक २९ गते काठमाडौं–७ चाबहिलस्थित ए–वान पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ॐ समाज डेण्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ दन्त–चिकित्सक डा. सुवास घिमिरे रहेका थिए भने सभापतित्व संस्थाका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले गर्नुभयो ।

    संस्थाको उद्देश्य, गतिविधि र योजना प्रस्तुति कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष राहुल कौशलले प्रस्तुत गर्दै संस्थाको उद्देश्य, विगत पाँच वर्षका उपलब्धि तथा आगामी तथा दीर्घकालीन योजनाबारे विस्तृत जानकारी गराए । संस्था नेपाल सरकारमा दर्ता नं. २४५२६८ सहित वैधानिक रूपमा दर्ता भइसकेको छ र स्थापना कालदेखि नै स्वास्थ्य, शिक्षा, प्राथमिक उपचार, आपतकालीन राहत, जनचेतनामूलक अभियान मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सक्रिय रूपमा कार्य गर्दै आएको छ ।

    काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापालाई विशेष सम्मान कार्यक्रममा काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापालाई समाजसेवा, स्वास्थ्य अभियान तथा जनचेतनामूलक कार्यक्रममा नेतृत्वदायी भूमिकाको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो । उहाँको

    नेतृत्वमा सञ्चालन भएका प्रमुख कार्यक्रमहरूः

    नियमित रक्तदान कार्यक्रम सडक नाटकमार्फत जनचेतना अभियान विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सरसफाइ अभियान संस्थाले थापाको सक्रियता, समर्पण र समाजप्रतिको योगदानलाई उच्च सम्मान प्रकट गर्‍यो ।

    संस्थाका पाँच वर्षे उपलब्धि:

    ‘प्राथमिक उपचार हाम्रै सरोकार’ स्थापना कालदेखि संस्थाले स्वास्थ्य शिक्षा र सुरक्षा अभिमुख कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि गर्दै आएको छ ।

    प्रमुख कार्यहरूः

    सीपीआर तथा प्राथमिक उपचार तालिम समुदाय–मुखी स्वास्थ्य शिविर रक्तदान कार्यक्रम विपद् व्यवस्थापन अभिमुखीकरण युवा नेतृत्व विकास सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम स्थापनाको छोटो अवधिमै सयौँ युवालाई जीवनरक्षक सीप प्रदान गर्नु, स्वास्थ्य सेवा नपुगेका समुदायमा पुग्नु तथा विपद्–संकटमा राहत–सहयोग पुर्‍याउनु संस्थाको महत्वपूर्ण उपलब्धि मानिन्छ ।

    उपस्थित गणमान्यहरू कार्यक्रममा वरिष्ठ कलाकार रमेश उप्रेती, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक सुरेश कुमार कार्की, वरिष्ठ पत्रकार विरेन्द्र जैरू, प्रमुख सल्लाहकार श्याम कँडेल, सल्लाकार एवं आजीवन सदस्य रामकृष्ण घिमिरे, सहित विभिन्न नगर/पालिका अध्यक्ष, समाजसेवी, स्वास्थ्यकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    CFN HERO सम्मान :

    जीवनरक्षक अभियानका अग्र–सेवक सम्मानित संस्थाले यस वर्ष पनि CFN HERO सम्मान प्रदान गर्‍यो । सम्मान प्राप्त गर्ने व्यक्तित्वः पुरुषतर्फ – राजकुमार बिसुराल (अजीवन सदस्य, धादिङ) महिलातर्फ – बिजना त्रिताल (कोषाध्यक्ष, काठमाडौं महानगर समिति) त्यसैगरी, इटहरी उपमहानगरका डा. खगेन्द्र ओली उत्कृष्ट पालिका अध्यक्षको सम्मानबाट सम्मानित भए । विविध समाजसेवी तथा आजीवन सदस्यहरूलाई पनि योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो ।

    २ दिने सीपीआर तथा प्राथमिक उपचार तालिम :

    युवाहरू जीवनरक्षक सीपमा दक्ष हालै संस्था द्वारा काठमाडौं–७ चाबहिल क्षेत्रमा २ दिने सीपीआर तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको थियो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक ओमप्रसाद उप्रेतीले सञ्चालन गरेका थिए, जहाँ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता थियो । तालिममा सहभागीहरूले आकस्मिक अवस्था व्यवस्थापन, जीवनरक्षक चरणहरू, बालबालिकाको आकस्मिक जोखिम व्यवस्थापन जस्ता अत्यावश्यक सीपहरू व्यवहारिक रूपमा सिकेका थिए ।

    आगामी योजना:

    स्वास्थ्य, युवा क्षमता र विपद् व्यवस्थापनमा प्रभावकारी विस्तार अध्यक्ष उप्रेतीले पाँच वर्षको यात्रामा साथ दिने सबै सदस्य, समितिहरू, समाजसेवी, स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै संस्थालाई आगामी दिनमा झनै सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । संस्थाले आगामी वर्षहरूमा— स्वास्थ्य सेवा विस्तार, युवा क्षमता विकास, प्राथमिक उपचार र सीपीआर अभियान, विपद् व्यवस्थापन, नेतृत्व विकास कार्यक्रम झनै सुदृढ रूपमा सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

    ‘योगदान राष्ट्रका लागि अभियान’ आजकाे दिनमा देशभर सामाजिक र स्वास्थ्य क्षेत्रमा विश्वसनीय नामका रूपमा स्थापित भइसकेको छ र समुदायमा प्रत्यक्ष सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    समाचार

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑