• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ६ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ६ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २२ घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २२ घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २२ घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      २२ घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      २२ घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      २३ घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      २३ घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      २३ घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      २३ घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      २३ घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

  • लाईभ नेपाल
  • २०८२ मंसिर २४, बुधबार (६ महिना अघि)
  • ७२२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट

  •                ड्यालस–फोर्ट वर्थमा ‘नेपाली समाज टेक्सास’ (एनएसटी) को चुनावी सरगर्मी

    ड्यालस–फोर्ट वर्थ (टेक्सास): नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले चुनावी मैदानमा उत्रनुअघि नै स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरी एक नयाँ परम्पराको थालनी गरेको छ।

    डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट महत्त्वपूर्ण सुझावहरू लिएको थियो। अध्यक्षका उम्मेदवार भण्डारीसहित उनको प्यानलका अधिकांश उम्मेदवारहरूको कार्यक्रममा उपस्थिति थियो।


     भण्डारी समूहका मुख्य एजेन्डाहरू

    कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले एनएसटीले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराए।

    उनको टिमका मुख्य एजेन्डाहरू यस प्रकार रहेका छन्:

    • मन्दिर निर्माण: जनसहभागिता बढाउने।
    • ज्येष्ठ नागरिक: यातायातको व्यवस्था गर्ने।
    • छाता संगठन: एनएसटीलाई एक छाता संगठनको रूपमा स्थापित गर्ने।
    • अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोष: यसलाई थप प्रभावकारी बनाउने।
    • सरकारी समन्वय: अमेरिकी सरकारी निकायसँग समन्वय बढाउने।

    उम्मेदवारहरूको प्रतिबद्धता

    बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. चण्डी भण्डारीले ‘समाजले दिएका एजेण्डा’ लाई नै आफ्नो टिमको एजेण्डा बनाएर कार्यान्वयन गर्ने बताए। कार्यक्रमको अन्त्यमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो भन्ने मान्यतामा हामी चल्छौं। समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”

    महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताए। उनले निर्वाचित भएमा हरेक निर्णय र कामको जानकारी प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे। यादवले भने, “मेरो व्यक्तिगत एजेण्डा छैन, टिमको एजेण्डा नै मेरो एजेण्डा हो। हामी हरेक तीन महिनामा पत्रकार भेटघाट गरेर सुझाव लिनेछौं।” उनले समाजको कामलाई विकेन्द्रीकरण गर्न टोल-फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।

    उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले आफू सामाजिक कार्यमा मनदेखि नै सक्रिय रहेको बताइन्। उनले विशेषगरी विद्यार्थी र महिलाहरूका समस्यामा समाजले अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिइन्।


     पत्रकारहरूबाट महत्त्वपूर्ण सुझावहरू

    अन्तरक्रियामा सहभागी पत्रकारहरूले उम्मेदवारहरूलाई महत्त्वपूर्ण सुझावहरू दिएका थिए:

    • ओम आचार्य (प्रधान सम्पादक, यूएस खबर): टेक्सासमा बढ्दो आत्महत्याको घटनालाई गम्भीर रूपमा लिन, परामर्शदाताको व्यवस्था गर्न, मिडिया र एनएसटीबीचको सम्बन्ध सुधार्न तथा क्रिकेट स्टेडियमको समस्या समाधान गर्न सुझाव दिए।
    • मनोज जोशी (पत्रकार, यूएस खबर): समाजमा रहेको गुट-उपगुटको अन्त्य गर्न र असन्तुष्ट पक्षलाई मिलाएर लैजान आग्रह गरे।
    • किसन रेग्मी (नेजाका पूर्व क्षेत्रिय संयोजक): उम्मेदवारका एजेण्डा महत्त्वपूर्ण हुने र निर्वाचित भएपछि पनि यस्ता सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

     कार्यक्रममा उपस्थित उम्मेदवारहरू

    कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्सासका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए। कार्यक्रममा अध्यक्षका उम्मेदवार जनक भण्डारीसहित निम्न सदस्यहरूको उपस्थिति थियो:

    • वरिष्ठ उपाध्यक्ष: चण्डी भण्डारी
    • उपाध्यक्ष: गुन्जन भण्डारी
    • महिला उपाध्यक्ष: राधिका खराल
    • महासचिव: रामकृष्ण यादव
    • सचिव: सुशिल बर्तौला
    • कोषाध्यक्ष: भोला मैनाली
    • सह कोषाध्यक्ष: रिनजिङ्ग लामा
    • युवा तथा विद्यार्थी संयोजक: आदर्श भण्डारी
    • खेलकुद संयोजक: उजित अधिकारी
    • महिला संयोजक: यमुना थापा
    • कार्यकारी सदस्यहरू: प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

    कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

    विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

    सभापति ढकालको नेतृत्वमा ‘नेपाल डे परेड २०२६’ सानफ्रान्सिस्कोमा ऐतिहासिक सफलता

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑