• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      १ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      १ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      १ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      १ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      १ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      १ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      १ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      १ घण्टा अघि

      चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बीच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

      १ घण्टा अघि

      पोखराले गुमायो सातौँ विकेट

      १६ घण्टा अघि

      लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

      १६ घण्टा अघि

      पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

      १६ घण्टा अघि

      ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

      १६ घण्टा अघि

      विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

      १७ घण्टा अघि

      सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ शुरु युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव : अध्यक्ष श्रेष्ठ

      १ दिन अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बीच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (१ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच सोमबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए ।

    सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए । अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए ।

    त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे । उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।

    राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो ।

    भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

    सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

    समाचार

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑