• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

      ५ घण्टा अघि

      ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

      ५ घण्टा अघि

      एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

      ५ घण्टा अघि

      मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

      ६ घण्टा अघि

      आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव, २० प्रतिशतभन्दा बढी कर्जा प्रवाहको माग

      ६ घण्टा अघि

      बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

      ८ घण्टा अघि

      तातो हावाको लहर कायमै रहने सम्भावना

      ९ घण्टा अघि

      फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

      १२ घण्टा अघि

      Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

      १३ घण्टा अघि

      तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

      १ दिन अघि

      ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

      १ दिन अघि

      कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

      १ दिन अघि

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      २ दिन अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      २ दिन अघि

      पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

      २ दिन अघि
    आज: २०८३ अषाढ ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ पौष २०, आईतबार (५ महिना अघि)
  • ६०१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईज्यूको अध्यक्षतामा आज मिति २०८२ साल पुष १९ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ । यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

    लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

    साधारण सभाले आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ९,०२,८७,६३,२०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १,९०,०७,९२,२५५ (अक्षेरुपी एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र) शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    साधारणसभाले संस्थापक समूह अर्न्तगत श्री गोविन्द लाल संघई, श्री कमलेश कुमार अग्रवाल र श्री विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि आजै बसेको संचालक समितिको ४०७औं बैठकले श्री गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको छ ।

    अध्यक्ष श्री गोविन्द लाल संघईज्यूले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरु बीच अझै थप उचाइमा पुर्‍याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    कम्पनीले आफ्‌नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई समेत अवलम्बन गरिरहेको कुरा जानकारी गराउनुभयो । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, ीभबचलष्लन :बलबनझभलत क्थकतझ लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, ब्गतयmबतष्यल को प्रयोगबाट कार्यक्षमता बढाउन कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताउनु भयो ।

    साथै, कम्पनीले च्ष्कप :बलबनझभलत ँचबmभधयचप तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराउनु भयो । अध्यक्ष श्री संघईज्यूले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनी महानुभावहरु र कम्पनीका सम्पूर्ण बीमितहरुलाई संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भयो ।

    नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरुबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गर्नु भयो । कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारीहरु, समस्त अभिकर्ताहरु र कम्पनीको उत्थानप्रति गहन अभिरुचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्नु हुने संचालक समितिका सदस्यज्यूहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवालले प्रतिकुल मौसमका बावजुद पनि उल्लेख्य उपस्थितिका निम्ति सबै शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । विषम परिस्थितिका बीच पनि अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको बताउनुभयो । वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाहरू एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

    आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न हामी सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको बताउनुभयो । विषम परिस्थितिकोलाई मनन गर्दै कम्पनीले सम्पूर्ण सरोकारवालाहरूको माग सम्बोधन गर्नका निम्ति लगानी विविधिकरणको रणनीति अवलम्बन गरेर कार्यसम्पादन गर्दै आएको कुरा सभालाई सहर्ष बताउनुभयो ।

    २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीज्यूले आ.व.२०८१/८२ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताउनु भयो । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो। लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्यहरु भइरहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीज्यूले साधारण सभामा शेयरधनीहरुले राख्नु भएको सुझावहरुलाई सकरात्मक रूपमा लिईने बताउनु भयो ।

    २०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्‌ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्‌ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

    यसका साथसाथै कम्पनीले हालसम्म रु.३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. १०३ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

    ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

    एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव, २० प्रतिशतभन्दा बढी कर्जा प्रवाहको माग

    बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

    समाचार

    रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

    ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

    एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑