काठमाडौं । सिद्धार्थ बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकले बस्याललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ देखि सकिएको र मंसिर २७ गतेबाट लागुहुने गरी यसअघि बस्याललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (काम सीईओ)को जिम्मेवारी दिइएको थियो । आजबाट भने बस्याललाई नै सीईओकाे जिम्मेवारी दिइएको हाे ।
त्यसअघि पनि डेपुटी सीईओ रहेका कँडेललाई नै बैंकले कामु सीईओको जिम्मेवारी दिई पछि सीईओ नियुक्त गरेको थियो । यसपाली पनि डेपुटी सीईओ बस्याललाई कामु सीईओको जिम्मेवारी दिएर १ महिनामा सीईओको जिम्मेवारी सञ्चालक समितिले दिएको छ ।
४ वर्षअघि बस्याल डेमुटी सीईओ नियुक्ति भएका थिए ।






