• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

      ५ घण्टा अघि

      काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

      ५ घण्टा अघि

      एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

      ५ घण्टा अघि

      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      ५ घण्टा अघि

      आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

      ५ घण्टा अघि

      रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

      ५ घण्टा अघि

      महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

      ५ घण्टा अघि

      Niraj defends Surya Nepal Eastern Open title

      ६ घण्टा अघि

      माघे सङ्क्रान्तिको अवसरमा रक्षा नेपालका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग

      १ दिन अघि

      काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

      १ दिन अघि

      काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

      १ दिन अघि

      सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

      १ दिन अघि

      आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्धारा उद्धघाटन

      १ दिन अघि

      वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

      १ दिन अघि
    आज: २०८२ माघ ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

  • लाईभ नेपाल
  • २०८२ पौष २६, शनिबार (१ हफ्ता अघि)
  • ५५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • महेन्द्रनगर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए ।

    गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरायसी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो ।

    ‘गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,’ मुस्कुराउँदै भजौरा डगौराले भने, ‘अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरे पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौँ ।’

    उनले मङ्सिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुङ्गा गिट्टी छानेर जीविका चलाउने योजना सुनाए ।

    ‘बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौँ’, उनले भने, ‘बेचेरको बालुवारगिट्टीको रकमबाट आफ्नो खर्च र मासिक रु २५-३० हजार कमाइ गरेर घर लैजान्छौँ ।’

    पारिवारिक अवस्था नाजुक भएकै कारण वृद्ध अवस्थामा पुग्दा आफूहरू रोजगारी सम्झेर बगरमा काम गरिरहेको चौधरी दम्पतीको भनाइ छ ।

    ‘चार छोरीरतीन छोरा गरी सात जना सन्नती छन्’, उनले भने, ‘शरीरमा ताकत हुँदासम्म आफैँ गरेर खाँउ भनेर हरेक वर्ष महाकालीमा दुःख गर्न आउँछौँ ।’

    त्यसैगरी महाकाली नदीको तटीय क्षेत्र भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्टको दम्पती पनि नदीको बगरमै वालुवा र गिट्टी छानेर जिविका चलाइरहेका छन् ।

    ‘यहाँको दुःखले घरको चुल्हो बल्छ’, भट्टले भने, ‘विगत डेढ दशकदेखि बगरकै सङ्घर्षले जीविका चलेको छ ।’

    उनले दुई छोराहरू हालै मजदूरीका लागि भारतको बैंग्लोर गएको बताए।

    ‘प्रतिट्रली बालुवा रु दुई हजार र गिट्टी रु तीन हजारमा बिक्री हुन्छ’, उनले भने, ‘बगरमा गिट्टी छान्नु भनेको सामान्य दुःखले सम्भव छैन ।’

    भट्टले महाकालीको तटीय क्षेत्र भुजेला, ओदाली, बडैपुर र पिपरियाका स्थानीयको रोजगारीको गन्तव्य नै बगर हुँदै आएको बताए ।

    ‘पहिले दलित, सोनाहलगायत विपन्न समुदायका नागरिकहरू बालुवा छान्न धेरै आउँथे’, भट्टले भने, ‘अहिले त कञ्चनपुरको बेल्डाडी, बेलौरीदेखि कैलालीबाट समेत आउने गर्छन् ।’ उनले चार दिनको फरकमा एक ट्रली बालुवा-गिट्टी बिक्री हुने गरेको बताए।

    ‘बालुवा छान्न बोक्दै टाउँकोको कपाल झरिसके’, भट्टले भने, ‘बूढा-बूढी हासीमजाक गर्दै दिनभर बगरमै सङ्घर्ष गरिरहेका छौँ ।’

    भीमदत्त नगरपालिका–११ भुजेलादेखि वडा नं १३ को झोलुङ्गे पुलसम्मको क्षेत्रमा यतिबेला सयौँ परिवार बालुवा-गिट्टी छानेर आयआर्जनमा जुटेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराको भनाइ छ ।

    ‘मेरो वडाका मात्रै डेढ सयभन्दा बढी परिवार हिजोआज महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्ने कार्यमा संलग्न छन्’, वडाध्यक्ष बोहराले भने, ‘बगर गरिबीको रेखामुनि रहेका नागरिकहरूले जिविका चलाउने थलो बनेको छ ।’

    उनले लामो समयदेखि हिउँदका बेला स्थानीयहरू नदीमा काम गर्ने गरेको बताए।

    स्थानीय नागरिकका साथै स्कुले विद्यार्थीसमेत यतिबेला बालुवा छान्ने कार्यमा संलग्न रहेको देखिएका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत छात्रा भूमिका धामी र कक्षा–१० मा अध्ययनरत ललिता खत्री पनि बगरमा बालुवा छान्दै गर्दा भेटिए ।

    ‘अहिले विदाको समय भएकाले घर खर्च र आफ्नो लुगाफाटो किन्न हुन्छ भनेर यहाँ काम गरिरहेका छौँ,’ भूमिका धामीले भनिन्, ‘विद्यालय समय सकेर बेलुकीपख पनि घर नजिक भएकाले बालुवा छान्न आइरहेका हुन्छौँ ।’ उनले आफूहरू विगत तीन वर्षयता यहाँ हिउँदमा बालुवा छान्न आइरहेको बताइन्।

    ‘बर्सातमा बेला नदीमा पानीको बहाव हुने भएकाले काम गर्न सकिँदैन’, उनले बालुवा संकलन अवस्थाबारे भनिन्, ‘अहिलेको बेला त महाकाली छेउछाउका बस्तीका लागि काम गर्न आउने ठाउँ नै यहीँ हो ।’ उनले छानको बालुवा र गिट्टी खरिदका लागि ट्र्याक्टर लिएर बगरमै पुग्ने गरेको बताइन्।

    त्यस्तै भीमदत्त नगरपालिका–१३ का मनोज साउँद बगरमा बालुवा गिट्टी छानेर घर खर्च चलाउन थालेको दश वर्ष भयो ।

    ‘हामी दम्पती नै बिहानदेखि साँझ अबेरसम्म यहाँ छानको काममा सक्रिय हुनु नै दैनिकी हो,’ बगरमा भेटिएका साउँदले भने, ‘एक सिजनमा दुवै जनाको गरेर रु डेढ-दुई लाखसम्म कमाइ हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

    रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    समाचार

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    निर्देशक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑