
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) बीच संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्टहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार ACAN मा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो रु. १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा सुविधा समेत उपलब्ध हुनेछ ।
त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा तथा सवारी साधन कर्जा पनि प्रदान गर्ने जनाएको छ । हाल बैंकले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ ।
देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम सञ्चालन गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले नविनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


