
काठमाडौं । वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । फागुनमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ०.११ प्रतिशतले घटेर ४.५७ प्रतिशत कायम भएको छ, जबकि माघमा यो ४.६८ प्रतिशत रहेको थियो । संस्थागततर्फ पनि ब्याजदर घटेर औसत ३.३३ प्रतिशतमा झरेको छ, जुन माघमा ३.३८ प्रतिशत थियो ।
फागुनका लागि ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक (४.२५ प्रतिशत), एभरेष्ट बैंक (३.५० प्रतिशत), नेपाल एसबीआई बैंक (२.७७ प्रतिशत), ग्लोबल आइएमई बैंक (३.५० प्रतिशत), प्राइम कमर्सियल बैंक (२.७५ प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड बैंक (२.७५ प्रतिशत), सिद्धार्थ बैंक (३.५० प्रतिशत), सानिमा बैंक (३.३० प्रतिशत) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (३.५० प्रतिशत) रहेका छन् ।
यस्तै, ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल बैंक (३.२५ प्रतिशत), कुमारी बैंक (३.५० प्रतिशत), लक्ष्मी सनराइज बैंक (३.२५ प्रतिशत), सिटिजन्स बैंक (३ प्रतिशत), प्रभु बैंक (२.७५ प्रतिशत), माछापुच्छ्रे बैंक (३ प्रसतशत), एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंक (४ प्रतिशत) तथा नबिल बैंक (३.५५ प्रतिशत) रहेका छन् ।


