काठमाडौं । स्वास्थ्य बीमामा १० प्रतिशत को–पेमेन्ट खारेजी र मासिक भत्ता भुक्तानीको माग गर्दै मिर्गौला पीडितहरु आन्दोलित भएका छन् । उनीहरुले स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत को–पेमेन्ट व्यवस्था खारेज गर्न माग गरेका हुन् ।
यस व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई थप भार परेको उनीहरूको गुनासो छ । त्यसैगरी, सरकारले निर्णय गरिसकेको मासिक ५ हजार रुपैयाँ भत्ता हालसम्म सबै बिरामीले नपाएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको माग गरिएको छ । ‘मिर्गौला दान – जीवन दान’ र ‘अङ्ग दान – पुण्य काम’ जस्ता नाराहरू सहित ब्रेन डेथबाट हुने अङ्ग दानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरुको माग छ । –न्युज एजेन्सी नेपाल
