• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १३, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द

      ४ मिनेट अघि

      कर्णाली भनेको सुर्खेत मात्रै होइन- जुम्ला पनि हो, राष्ट्रिय खेलकुद सबै भूगोलको उत्सव बन्नुपर्छ : मन्त्री पोखरेल

      १२ मिनेट अघि

      इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

      २0 मिनेट अघि

      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

      २८ मिनेट अघि

      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

      ३५ मिनेट अघि

      दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

      ३९ मिनेट अघि

      कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, डा. महतद्वारा मिडिया सेन्टर शुभारम्भ

      ४४ मिनेट अघि

      KIST Teaching Hospital and India’s Medanta Celebrate One Year of Medical Collaboration

      ४९ मिनेट अघि

      भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

      १ घण्टा अघि

      गृहले गर्‍यो अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सिडिओ फेरबदल

      १ दिन अघि

      यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

      २ दिन अघि

      कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

      २ दिन अघि

      उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

      २ दिन अघि

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      २ दिन अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      २ दिन अघि
    आज: २०८३ मंसिर १३, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कर्णाली भनेको सुर्खेत मात्रै होइन- जुम्ला पनि हो, राष्ट्रिय खेलकुद सबै भूगोलको उत्सव बन्नुपर्छ : मन्त्री पोखरेल

  • लाईभ नेपाल
  • २०८३ मंसिर १३, आईतबार (१२ मिनेट अघि)
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताउनुभएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ लक्षित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय खेलकुदलाई काठमाडौंमा मात्र सीमित नराखी विभिन्न प्रदेश र जिल्लासम्म विस्तार गर्नु सकारात्मक भएको बताउनुभएको हो। कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना हुनु समग्र कर्णालीवासीका लागि खुसीको विषय भएको उल्लेख गर्दै उहाँले प्रतियोगितालाई सुर्खेतमा मात्र सीमित राख्ने दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो। ‘पहिला सबै कुरा काठमाडौंमा मात्र केन्द्रित हुन्थ्यो। अहिले काठमाडौंभन्दा बाहिर आएर विभिन्न प्रदेशमा राष्ट्रिय खेलकुद हुन थालेको छ।

    कर्णालीमा राष्ट्रिय खेलकुद हुनु नेपाली जनताकै लागि खुसीको खबर हो,’ उहाँले भन्नुभयो। त्यस्तै, सुर्खेतलाई छाडेर जुम्लामा फुटबल खेल किन लगियो भन्ने प्रश्नमा जवाफ दिँदै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको विकेन्द्रीकरणलाई फराकिलो दृष्टिकोणबाट बुझ्नुपर्ने धारणा राख्नुभयो। ‘कर्णाली भनेको सुर्खेत मात्रै होइन नि। सुर्खेत महत्त्वपूर्ण ठाउँ हो, तर सुर्खेतभन्दा बाहिर खेल लैजान नहुने हो र? जुम्लाका नागरिक पनि आफ्नो ठाउँमा खेल आयोजना हुँदा खुसी हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘अनि महिला फुटबल त सुर्खेतमै हुँदै छ नि। के तपाईंहरुको लागि महिला फुटबल चाहिँ फुटबल नै होइन त ? हामीले यसरी संकुचित भएर सोच्नुहुँदैन।’ काठमाडौंमा मात्र केन्द्रित राष्ट्रिय खेलकुदलाई कर्णालीसम्म विस्तार गर्दा कर्णालीवासी खुसी भएजस्तै सुर्खेतबाहिरका जिल्लामा प्रतियोगिता आयोजना हुँदा त्यहाँका नागरिक पनि उत्साहित हुने उहाँको भनाइ थियो।

    यस्तै, दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिबारे पनि छलफल भइरहेको जानकारी उहाँले दिनुभयो। प्रधानमन्त्री १६ गते हुने उद्घाटन समारोहमा सहभागी हुनुहुने बताउँदै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सबै भुगोलको उत्सव बनाउन लागिपर्न पनि अनुरोध गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द

    इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

    दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

    कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, डा. महतद्वारा मिडिया सेन्टर शुभारम्भ

    समाचार

    तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द

    कर्णाली भनेको सुर्खेत मात्रै होइन- जुम्ला पनि हो, राष्ट्रिय खेलकुद सबै भूगोलको उत्सव बन्नुपर्छ : मन्त्री पोखरेल

    इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑