
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
Advertisement
NiccNicc
जेठ १८ गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले उनलाई संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको हो।
सञ्चालक समितिमा निर्वाचित भएसँगै समितिको बैठकले अग्रवाललाई आगामी चार वर्षको कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेका छन्।
नवनियुक्त अध्यक्ष अग्रवालसँग नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको उच्च अनुभव रहेको छ।
विभिन्न क्षेत्रमा सफल नेतृत्व प्रदान गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका अग्रवालको आगमनले बैंकलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।


