काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
आज बजार १३.८२ अंकले घटेर नेप्से परिसूचक २६५४.१५ बिन्दु कायम भएको छ ।
बजार घट्दा कारोबार रकममा भने सुधार भएको छ । बुधबार ४ अर्ब ४० करोडको सेयर कारोबार भएकामा आज बढेर ४ अर्ब ६२ करोड पुगेको छ ।
नेप्सेका अनुसार यस दिन २०२ कम्पनीको मूल्य घट्दा ६४ वटाको मूल्य बढेको छ ।
आज अपर लोहोरेखोलाको कम्पनीमा सकारात्मक सर्किट लागेको छ । एलएस होराइजन म्युचुअल फन्डको मूल्य सर्वाधिक ६.५० प्रतिशतले घटेको छ ।
त्यस्तै, रिदी पावरको सर्वाधिक ४७ करोड २४ लाखबराबरको धितोपत्र कारोबार भएको छ ।
