• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ५ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ५ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ५ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ५ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      २0 घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      २१ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      २१ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      २१ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      २१ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      २१ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      २१ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      २१ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      २१ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      २१ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      ३ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

  • लाईभ नेपाल
  • २०८३ श्रावण २३, शनिबार (२ हफ्ता अघि)
  • १४२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा अघि बढीरहेको बताएका छन्। कम्पनीको ३१औँ वार्षिक दिवसका अवसरमा मन्तव्य दिँदै अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको तीन दशकभन्दा लामो यात्रा विश्वास, मेहनत, निरन्तरता, परिवर्तनसँगको अनुकूलन र सामूहिक प्रतिबद्धताको परिणाम भएको बताए। उनले ३१ वर्षको अवधिमा कम्पनीले नेपाली निर्जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे।

    अध्यक्ष मल्लका अनुसार ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको प्रभु इन्स्योरेन्स अहिले करिब १ अर्ब ७० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी, देशभर ६० वटा शाखा तथा उपशाखा र २६७ भन्दा बढी कर्मचारीको सशक्त टिमसहित बीमा सेवा प्रदान गरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नेटवर्थ ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा २० करोड रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए। उनले कम्पनीका लागि वित्तीय सूचक र व्यवसायिक विस्तारभन्दा पनि ग्राहकको विश्वास सबैभन्दा ठूलो पुँजी भएको बताए। ग्राहकले आफ्नो सम्पत्ति, व्यवसाय तथा भविष्यसँग जोडिएका जोखिम कम्पनीलाई विश्वास गरेर सुम्पिने भएकाले ग्राहकको विश्वास कायम राख्नु र सेवा अझ उत्कृष्ट बनाउनु कम्पनीको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

    अध्यक्ष मल्लले आगामी दिनमा बीमा व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। विश्वमा डिजिटलाइजेसन, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स र अटोमेसन व्यवसायका अनिवार्य आवश्यकता बन्दै गएको भन्दै उनले प्रभु इन्स्योरेन्सले पनि प्रविधिलाई व्यवसायको केन्द्रमा राख्नुपर्ने बताए। उनका अनुसार कम्पनीले डिजिटल बीमा सेवा, छिटो र प्रभावकारी दाबी व्यवस्थापन, ग्राहकमैत्री प्रणाली, आधुनिक जोखिम मूल्याङ्कन तथा डेटा आधारित निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक छ। नेपालमा बीमाको पहुँच विस्तारका लागि अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मल्लले कृषि, पर्यटन, जलविद्युत्, उद्योग, पूर्वाधार, साना तथा मझौला व्यवसाय तथा नयाँ प्रविधिमा आधारित व्यवसायमा बीमाको आवश्यकता बढ्दै गएको बताए। बीमा सेवाको पहुँच शहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

    “हाम्रो लक्ष्य केवल ठूलो कम्पनी बन्नु होइन, विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री, ग्राहककेन्द्रित र उत्कृष्ट सेवा दिने कम्पनी बन्नु हो,” अध्यक्ष मल्लले भने। उनले ३० वर्षभन्दा लामो इतिहासले कम्पनीलाई गौरव प्रदान गरेको भन्दै आगामी दिनमा यही अनुभव र उपलब्धिबाट प्रेरणा लिएर थप ठूलो उपलब्धि हासिल गर्ने जिम्मेवारी कम्पनीको रहेको बताए। अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको यात्रामा साथ दिने सम्पूर्ण शेयरधनी, बीमित ग्राहक, सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, सर्भेयर, पुनर्बीमा साझेदार, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    समाचार

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑