• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

      ६ घण्टा अघि

      कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

      ६ घण्टा अघि

      भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

      ६ घण्टा अघि

      एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

      ६ घण्टा अघि

      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

      ६ घण्टा अघि

      कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

      ७ घण्टा अघि

      जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

      ७ घण्टा अघि

      साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

      ७ घण्टा अघि

      नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई बाइक र स्कुटर

      ८ घण्टा अघि

      नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

      १ दिन अघि

      स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

      १ दिन अघि

      सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

      १ दिन अघि

      एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो

      १ दिन अघि

      बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

      १ दिन अघि
    आज: २०८३ मंसिर १, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

  • लाईभ नेपाल
  • २०८३ आश्विन १९, सोमबार (१ महिना अघि)
  • ३६२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो ।

    मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक सुरक्षा निकायका कर्मचारी, जेल सेवाका कर्मचारी, अग्निनियन्त्रक, उद्धारकर्मी, स्थानीय सुरक्षा संयोजक तथा आपत्कालीन प्रतिक्रिया टोलीका सदस्य छन् । यो तथ्याङ्कमा अक्टोबर ७ को आक्रमणपछि गाजा, कब्जा गरिएको पश्चिम किनारा, लेबनान, सिरिया र इराकमा इजरायलले सञ्चालन गरेका सैन्य कारबाही तथा यमनमा इरान र हुथी समूहविरुद्ध गरिएका कारबाहीमा मारिएका सुरक्षाकर्मीसमेत समावेश छन् ।

    सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको इजरायलले जनाएको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही सुरु गरेको थियो र यो पछि क्षेत्रका अन्य स्थानमा समेत फैलिएको थियो ।

    यस अवधिमा गाजामा इजरायली सैन्य कारबाहीबाट ७४ हजार २२८ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र एक लाख ७५ हजार १८८ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० का अनुसार गाजाका करिब ८२ प्रतिशत संरचना, अर्थात् झन्डै दुई लाख भवन, क्षतिग्रस्त भएका छन् । तीमध्ये करिब दुई तिहाइ पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    पूर्वी जेरुसेलमसहित अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सन् २०२५ सेप्टेम्बरमा इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध नरसंहार गरिरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले गाजामा भइरहेका अत्याचार तत्काल रोक्न इजरायललाई आह्वान गरेको थियो ।

    द्वन्द्व गाजाबाहिर पनि फैलिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले गत जुनमा सन् २०२४ मार्च २ यता इजरायली आक्रमणमा चार हजार ५७ जनाको मृत्यु र १२ हजार १२१ जना घाइते भएको जनाएको थियो ।

    इरानमा सरकारी समाचार संस्था इरनाले अप्रिलमा इरानी अधिकारीलाई उद्धृत गर्दै इजरायल र अमेरिकाविरुद्ध ४० दिन चलेको द्वन्द्वमा तीन हजार ४६८ जनाको मृत्यु भएको जनाएको थियो । मृतकमध्ये एक हजार ४६० जना सर्वसाधारण रहेको उल्लेख गरिएको थियो ।

    कब्जा गरिएको पश्चिम किनारामा पनि हिंसा बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ देखि सन् २०२६ जुलाई २४ सम्म त्यहाँ एक हजार १२२ प्यालेस्टिनी मारिएका छन् ।

    सिरियामा बशर अल–असद सरकारको पतनपछि इजरायली सेना इजरायल र सिरियाबीचको बफर क्षेत्रमा प्रवेश गरेको छ । सन् १९७४ को विच्छेद सम्झौताअन्तर्गत स्थापित उक्त क्षेत्र संयुक्त राष्ट्रसङ्घको निगरानीमा रहेको असैन्यीकृत क्षेत्र हो ।

    यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२४ नोभेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन रक्षामन्त्री योव ग्यालेन्टविरुद्ध युद्ध अपराध तथा मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले उक्त निर्णय अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

    कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

    भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

    दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

    कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

    समाचार

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव,हल्का वर्षा र हिमपातको सम्भावना

    कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

    भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑