• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ५ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ५ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ५ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ५ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ५ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ५ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ५ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ५ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ५ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ५ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि

      सुनचाँदीको मूल्य घट्यो

      १ हफ्ता अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १ हफ्ता अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

  • लाईभ नेपाल
  • २०८३ आश्विन २२, बिहिबार (२ हफ्ता अघि)
  • १७६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था छ ।

    राजमार्गको गगने खोला क्षेत्र पहिरोग्रस्त ठाउँकै रूपमा परिचित छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने यो भीरमा सामान्य वर्षामै लेदोसहितको पहिरो खस्छ । कहिले ग्याबिन जाली हाल्ने कहिले पानीको निकास बनाउने काम पनि भयो । तर, कुनै उपाय काम लागेन । पहिरोको समस्या समाधान गर्न सडक डिभिजन जुम्लाले दुई वर्षअघि तीन करोड रूपैयाँ लगानीमा ग्याबिन जाली लगाएको थियो । पहिरो थेग्न नसक्दा त्यो जाली पनि बगायो ।

     

    वर्षा सुरू हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएपनि यसको स्थायी समाधान हुन सकेको छैन । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्मको वर्षाले तीन दिन पहिरोले गगने खोलामा आवागमन ठप्प भएको थियो ।

    गाउँपालिका अध्यक्ष भन्छन्– ‘बालेन सरकार ! हाम्रो पीडा बुझिदेऊ’
    गगने खोलाको पहिरोले शुभकालिकाका जनप्रतिनिधि पनि आजित छन् । पानी परेपछि जनप्रतिनिधि र सुरक्षाकर्मी गगने खोलामा खटिन्छन् ।

    आफ्नो आर्थिक सामथ्र्यले भ्याउने अवस्था नभएपछि उनीहरूले प्रदेश, संघ सरकारलाई समस्या नसुनाएका होइनन् । तर, पटकपटक माथिल्लो सरकारलाई ध्यानाकर्षण गराउँदा पनि कुनै समाधान निस्किएको छैन ।

    पहिरोग्रस्त गगने खोला क्षेत्र पर्ने शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य आफूहरू एक्लैले लगानी गरेर गगने खोला पहिरोको समस्या समाधान गर्न नसक्ने बताउँछन् ।

    आवश्यक बजेट र प्राविधिक प्रयोग गरेर समस्या समाधान गरिदिन उनले संघ सरकारलाई आग्रह गरे । ‘बिरामीको उपचार डाक्टरले गर्छ । क्रिटिकल पोइन्टमा अर्थ र भौतिक मन्त्रालयले यति बजेट भए यो समस्या समाधान हुन्छ भनेर त्यो एकैपटक छुट्याउनुपर्‍यो,’ उनले कर्णालीबाट सिंहदरबारलाई याचना गरे, ‘म संघ सरकार (बालेन सरकार)लाई भन्न चाहन्छु– हाम्रो पीडा बुझिदिनप¥यो । हामी एक्लैले सक्दैनौँ ।’

    करोडौँको स्याउ, जडीबुटी बाटोमै कुहिने, रारा हिँडेका स्वदेशी–विदेशी पर्यटक, चालक र कर्णालीबासी पानी परेपछि बीच बाटोमै अड्किनुपर्ने समस्या रहेको उनको भनाइ छ । ‘करोडौँको स्याउ, जडीबुटी त्यहीँ सड्छ । स्याउका गाडी ५र७ दिनसम्म त्यहीँ रहन्छ भने के हुन्छ ? अर्गानिक स्याउ कुहिएर जान्छ । उपभोग गर्नेलाई असर पर्छ,’ उनले भने ।

    पहिरो खस्ने ठाउँमाथि १९ घरपरिवार विस्थापित भइसकेको उनले बताए । त्यसैले शुभकालिका–१ लाई विपद्ग्रस्त क्षेत्र नै घोषणा गरिएको अध्यक्ष आचार्यले बताए ।

    २०४९–५० सालतिर नै सर्खुेत र जुम्लालाई जोड्ने गरी ट्रयाक निर्माण थालिएको थियो । कडा चट्टानी पहाड फोर्दे २०६३ सालको अन्तिममा जुम्लासम्म यो ट्रयाक जोडिएको थियो ।

    राजमार्ग खोल्दाताका नै जोखिम अनुमान गरेर ट्रयाक परिवर्तन गर्न प्रस्ताव गरिएको अध्यक्ष आचार्य सम्झन्छन् । ‘कर्णाली राजमार्ग बनेपछि नै प्राविधिक हिसाबले लोकेसन नै परिवर्तन गर्नुपर्छ भनेर पहिल्यै प्रस्ताव राखेका हौँ । रेखांकन र डीपीआर भइसकेकोले परिवर्तन गर्न गाह्रो हुन्छ भन्ने कुरा आयो । त्यो भएपछि त्यसलाई नै निरन्तरता दिन लाग्यौँ,’ उनले सुनाए । उनी आज पनि गगने खोलालाई छलेर कर्णाली राजमार्गलाई अन्य ठाउँबाट अघि बढाउनुपर्ने दोहोर्‍याउँछन् ।

    तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑