काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ ।
मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय पुन: सरेको हो । अब दिउँसो २ बजेदेखि सुरु गर्ने गरी तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।
सुरुमा आजै बिहान १० बजेदेखि मतदान थाल्ने भनिएको थियो । यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो ।
महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो ।

