• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ८, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      १५ घण्टा अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      १५ घण्टा अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      १६ घण्टा अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      १ हफ्ता अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      १ हफ्ता अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      १ हफ्ता अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १ हफ्ता अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १ हफ्ता अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १ हफ्ता अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १ हफ्ता अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      १ हफ्ता अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      १ हफ्ता अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      १ हफ्ता अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ८, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    शहिद शुक्र माध्यमिक विद्यालयमा १० दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ आश्विन २५, आईतबार (१ हफ्ता अघि)
  • १४५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट

  • काठमाडौँ, भदौ

    साबित्री बस्नेत (साबु)

    शहिद शुक्र माध्यमिक विद्यालयमा सञ्चालित १० दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण तालिमको पहिलो ३ दिन विभिन्न व्यवस्थापकीय तयारी र अभिमुखीकरणमा बिताइएको थियो भने बाँकी दिनहरूमा विशेषज्ञ प्रशिक्षकहरूद्वारा विभिन्न जीवनोपयोगी विषयहरूमा व्यावहारिक तालिम प्रदान गरिएको थियो।

    काठमाडौँ महानगरपालिका वडा नं. २८ को सहयोग तथा लाइभ नेपाल नेटवर्क प्रा. लि. को आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि शहिद शुक्र माध्यमिक विद्यालयमा सञ्चालित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम विभिन्न रचनात्मक गतिविधि र समापन समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्री भाइराम खड्गीले ब्यानर पढेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो भने समापन समारोहमा पनि प्रमुख अतिथिको रूपमा उहाँको विशेष उपस्थिति रहेको थियो। उद्घाटन तथा समापन दुवै सत्रमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष खड्गीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक विद्यालयका भाइबहिनीहरूलाई माथि उकास्न र उनीहरूको स्तर उन्नति गर्न महत्त्वपूर्ण पुलको काम गर्ने बताउनुभयो। स्थानीय सरकारसँग मिलेर गरिने यस्ता कार्यक्रमहरू कोशढुङ्गा साबित हुने र यसबाट सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो।

    कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. २८ का वडा सचिव कृष्ण सोतीले स्थानीय सरकार र विद्यालयको सहकार्यमा सञ्चालित यो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताउँदै आगामी दिनहरूमा पनि वडाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस्तै, शहिद शुक्र माविकी प्रधानाध्यापक शैले सिंह राठौरले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई व्यावहारिक र उपयोगी ज्ञान दिलाउन ठुलो मद्दत पुर्याएको विश्वास व्यक्त गर्नुभयो। विद्यालयकी सहायक प्रधानाध्यापक सुजना लामिछानेले पनि विद्यार्थीहरूका लागि यो अवसर अत्यन्तै फलदायी र प्रभावकारी भएको बताउनुभयो।

    समारोहमा राष्ट्रिय अभिभावक सङ्घ केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसालले १० दिनसम्म विभिन्न विषयमा सञ्चालन भएको यो कार्यक्रम विद्यार्थीका लागि मात्र नभई अभिभावकहरूसमेतका लागि अत्यन्त उपलब्धिमूलक भएको बताए। सामुदायिक प्रहरी साझेदारी सदस्य (काठमाडौँ महानगरपालिका वडा नं. १५) सञ्जय धायकु श्रेष्ठले बालबालिकालाई कानुनी परामर्शसमेत समावेश गरी आयोजना गरिएको यो फरक किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ र व्यावहारिक कुरा सिक्न मद्दत पुगेको बताए।

    कार्यक्रमको समापन समारोहमा लाइभ नेपाल नेटवर्क प्रा. लि. का अध्यक्ष एवं सभापति पुष्कर राज पाण्डेयले स्वागत मन्तव्य तथा कार्यक्रमको पृष्ठभूमीबारे प्रकाश पार्दै संस्थाले विगतदेखि नै यस्ता सामाजिक तथा शैक्षिक काम गर्दै आएको र यसपटक १० दिनसम्म विभिन्न विषयमा तालिम दिएर विद्यार्थीहरूमा सचेतना फैलाउनुका साथै उनीहरूलाई सीपमूलक बनाउने लक्ष्य सफल भएको बताए। लाइभ नेपाल नेटवर्ककी निर्देशक, पत्रकार तथा सामाजिक अभियन्ता साबित्री बस्नेत (साबु) ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, शिक्षक, प्रशिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    तालिमका क्रममा सिकाइएका मुख्य विषयवस्तु र प्रशिक्षकहरू:

    • जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण: विद्यालयका प्रशिक्षक तथा उत्प्रेरक/लेखक प्रविम बस्नेतले रसुवामा आएको बाढीको उदाहरण पेस गर्दै जलवायु परिवर्तन र यसका असरहरूबारे सजग गराउनुभयो।

    • वातावरण संरक्षण र सुधार: प्रशिक्षक तथा सामाजिक अभियन्ता गोविन्द भुसालले वातावरणीय स्थायित्वको स्तर र वातावरण राम्रो राख्ने उपायहरूबारे विस्तृत जानकारी गराउनुभयो।

    • बालबालिका र प्रहरीको भूमिका: सामुदायिक प्रहरी साझेदारीका प्रतिनिधि सञ्जय धायकु श्रेष्ठले बालबालिकाको सुरक्षाका लागि प्रहरीले गर्ने कार्यहरू र अपनाउनुपर्ने सचेतनात्मक तरिकाहरू वर्णन गर्नुभयो।

    • साइबर अपराध र कानुनी सुरक्षा: अधिवक्ता साधना बस्नेतले साइबर अपराध, उससे बच्ने उपायहरू र दैनिक जीवनमा कानुनी व्यवस्थाको प्रयोगसम्बन्धी उपयोगी जानकारी दिनुभयो।

    • नेतृत्व विकास: प्रशिक्षक तथा सामाजिक अभियन्ता कृष्णराज तिमिल्सिना, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विशेष तालिम प्रदान गर्नुभयो।

    • पत्रकारिता अनुभव: लाइभ नेपाल नेटवर्कका अध्यक्ष पुष्कर राज पाण्डेयले लामो समयदेखिको पत्रकारिता पेसाको अनुभव र यसको महत्त्वबारे जानकारी गराउनुभयो।

    • वक्तृत्व कला: प्रशिक्षक तथा पत्रकार साबित्री बस्नेत (साबु) ले वक्तृत्व कलामा प्रयोग हुने महत्त्वपूर्ण टिप्स र सीपहरू सिकाउनुभयो।

    तालिमको अन्तिम दिन वक्तृत्व कला प्रतियोगितासमेत राखिएको थियो जसमा प्रशिक्षक प्रविम बस्नेत र समितिका संयोजक साबित्री बस्नेतले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा बोल्दै सामाजिक अभियन्ता गणेश रायले विद्यार्थीहरू स्वयंले यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाएर निरन्तरता दिनुपर्ने र धैर्यवान् बन्नुपर्ने प्रेरणादायी कुरा राख्नुभयो। अन्तमा, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण वक्ताहरूको उपस्थिति र उत्साहजनक सहभागिताका बीच सभापति पुष्कर राज पाण्डेयले कार्यक्रम सफलतासाथ सम्पन्न भएको घोषणा गर्दै समापन गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    समाचार

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑