• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      ११ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      ११ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      ११ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १२ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १२ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १२ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      १८ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      २0 घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      २१ घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      २१ घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      २१ घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      २१ घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      २१ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      २१ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ढोरपाटनको सहायक गन्तव्य जलजला

  • लाईभ नेपाल
  • २०८३ कार्तिक ३०, सोमबार (१ हफ्ता अघि)
  • ११७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • म्याग्दी । धवलागिरि गाउँपालिका-२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

    सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटकहरू हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन तथा प्राकृतिक वातावरणमा रमाउनका लागि जलजला पुग्न थालेका हुन् ।

    बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

    समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा सात वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आएका धवलागिरि गाउँपालिका–२ लुलाङका फुलबहादुर बिकले दैनिकजसो पर्यटकहरू आउन थालेका बताए।

    “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरू मात्रै जलजलामा आउने गरेका थिए,” उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँच वटा गाडी तथा १५/२० वटा मोटरसाइकलमा पर्यटकहरू आउन थालेका छन् ।”

    बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरू जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विश्वकर्माले बताए।

    मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । सात जनाको समूहमा मोटरसाइकलमा जलजला हुँदै ढोरपाटन पुगेर फर्किएका बेनीका व्यवसायी कृष्णराज पौडेलले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए।

    जंगलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । खुलेको आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस । वन्यजन्तु र पक्षीहरूको आवाज । शान्त र एकान्त वातावरण बस्तीदेखि टाढा रहेको जलजलाको आकर्षण हो ।

    जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका भीषण खत्रीले बताए। “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ,” उनले भने, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

    जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो ।

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । तल्लो र उपल्लो जलजलामा गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको सुविधा छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्त्व रहेको छ ।

    दुई तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु पनि भएको बताए।

    बर्खामा अवरुद्ध सडकमा जिप र मोटरसाइकल चल्न सक्ने बनाए पनि थप मर्मतको प्रयास भइरहेको उनले बताए । गत वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय, खानेपानी निर्माण र प्रवर्द्धनको कार्यक्रम आयोजना गरेको थियो ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोत जोड्ने रेडपाण्डा पदमार्गको अवधारणा अघि सारेर सम्भाव्यता अध्ययनमा जुटेको बताए। सिकार आरक्षमा पर्ने भएकाले ढोरपाटनको दृश्य अवलोकन स्थलका रुपमा विकास भएको जलजलामा पर्यटकीय पूर्वाधार विस्तार गर्न नीतिगत समस्या भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    समाचार

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑