• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      ११ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      ११ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      ११ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १२ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १२ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १२ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      १८ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      २0 घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      २0 घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      २१ घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      २१ घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      २१ घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      २१ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      २१ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवद्र्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • लाईभ नेपाल
  • २०८३ मंसिर १, मंगलबार (६ दिन अघि)
  • ११७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखी लगानी प्रवद्र्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उनले कर प्रणालीको सफलता राजस्व संकलनको परिमाणले मात्र नभई करदाताले अनुभूति गर्ने सहजता, पारदर्शिता र राज्यप्रतिको विश्वासले निर्धारण गर्ने बताए ।

    निजी क्षेत्र बलियो नभई सरकारको राजस्व आधार दिगो हुन नसक्ने उल्लेख गर्दै उनले उद्योग, व्यापार, लगानी र रोजगारी विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कोभिड–१९ पछिको आर्थिक मन्दी र सुस्तताका कारण निजी क्षेत्रले बजार मागमा कमी, उद्योगको न्यून क्षमता उपयोग, उच्च उत्पादन लागत, नीतिगत अस्थिरता र प्रशासनिक जटिलताजस्ता चुनौती सामना गरिरहेको उनले बताए । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि निजी क्षेत्रको कर्जा माग न्यून रहेको उल्लेख गर्दै उनले कर नीति लगानीमैत्री, उत्पादनमैत्री र रोजगारीमैत्री हुनुपर्ने धारणा राखे ।

    अध्यक्ष अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट) लाई बहुदरमा लागू गर्न, दुई करोड रुपैयाँसम्म कारोबार गर्ने साना उद्यमी तथा स्टार्टअपलाई कारोबारको ५५ प्रतिशतमा टर्नओभर ट्याक्स लगाउने व्यवस्था गर्न र उनीहरूलाई झन्झटिलो लेखा तथा अडिट प्रक्रियाबाट सहजीकरण गर्नुपर्ने बताए । नेपालमै उत्पादन हुने वस्तुमा सकारात्मक सूचीबाहेक अन्तःशुल्क हटाउन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हार्मोनाइज्ड सिस्टम कोड लागू गर्न पनि उनले आग्रह गरे ।

    त्यसैगरी, भन्सारको अधिकतम दर २५ प्रतिशत र भ्याट १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न, वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेखीकरणमार्फत लगानी प्रोत्साहन गर्न तथा २५ वर्ष पुरानो आयकर ऐन, २०५८ लाई समयसापेक्ष पुनर्लेखन गर्नुपर्ने उनको भनाइ थियो । आयकर ऐनका दफा ५७ लगायत कारोबार तथा ट्रान्सफर प्राइसिङसम्बन्धी प्रावधानलाई पनि करदातामैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने उनले बताए ।

    आर्थिक गतिविधि विस्तारका लागि आगामी पाँच वर्षलाई राष्ट्रिय उत्पादन र रोजगारी अभियानका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै अग्रवालले सार्वजनिक बिदा पुनरावलोकन गरी ‘कम बिदा, बढी काम, बढी उत्पादन र बढी रोजगारी’ को नीति अवलम्बन गर्न सुझाव दिए ।

    सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था स्वागतयोग्य भए पनि त्यसको प्रभाव अन्य उद्योगको श्रम लागत र उत्पादनमा पर्न सक्ने भन्दै उनले कार्यान्वयनअघि सरकार, श्रमिक र उद्योगीबीच छलफल तथा आर्थिक प्रभाव अध्ययन गर्नुपर्ने बताए । उनले बलियो निजी क्षेत्रबिना दिगो राजस्व सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धाभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र नियन्त्रणभन्दा सहजीकरणमुखी दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    समाचार

    दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑