सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो २ बजे जनकपुरबाट काठमाडौँ जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार सबै १४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो ।
दुर्घटनाकाे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

